बैतडीमा बिहिबार २ जनाले आत्महत्या गरे

सेयर गर्नुहोस्

बैतडी । बैतडीमा बिहिबार २ जनाले आत्महत्या गरेका छन् । बिहान ७ बजे जिल्लाको मेलौली नगरपालिका ७ पचकोराका ४५ बर्षिय करनसिंह रावतले आत्महत्या गरेको पाइएको छ भने, बिहान ९बजे दशरथचन्द नगरपालिका ३ का बसन्ती नाथले आत्महत्या गरेका छन् ।

मेलौली ७ पचकोरोका स्थानिय रावतले घर नजिकै रहेको आपँको रुखमा झुण्डिए आत्महत्या गरेको अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बिहानै वडाअध्यक्ष राजेन्द्र कार्कीले प्रहरीलाई जानकारी गराएकोमा प्रहरी तत्काल त्यहाँ पुग्दा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा शब भेटिएको प्रहरी सहायक निरिक्षक जयलाल ऐरले बताए ।

यस्तै जिल्लाको दशरथचन्द नगरपालिका वडा न. ३ की स्थानिय बसन्ती नाथले घरबाट करिव १ किलोमिटरको दुरीमा रहेको सेरी जंगलमा भिमलको रुखमा झुण्डिएकी थिइन् उनको दोपट्टाले पासो लगाएको अवस्थामा शब भेटिएको प्रहरी निरिक्षक करबिर भण्डारीले बताए ।

यी दुबै घटनाको बिषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रशाद आधिकारीले बताए । यी दुवै शबको पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

(Visited 102 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *