काठमाण्डाै- भारतले चीनमा विकसित एक सय १८ माेबाइल एप्सलाई प्रतिबन्ध लगाएकाे छ, यसमा पबजी पनि सामेल छ ।



इलेक्ट्राेनिक्स र इन्फर्मेशन टेक्नाेलजी मन्त्रालयलकाे तर्फबाट जारी गरिएकाे बयानमा ती एप्सले भारतकाे सम्प्रभुता र अखण्डता, देशकाे रक्षा र लाेक व्यवस्थाविरुद्धकाे गतिविधिमा लिप्त भएकाे बताइएकाे छ ।
मन्त्रालयकाे बयानमा भनिएकाे छ, ‘याे कदमबाट भारतका कराेडाैँ माेबाइल र इन्टरनेट प्रयाेगकर्ताकाे हितकाे रक्षा हुनेछ । याे निर्णय भारतकाे साइबर स्पेसकाे सुरक्षा र सम्प्रभुताकाे सुनिश्चित गर्ने मनसायबाट लिइएकाे हाे ।’
Views: 172

























