२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

दुई अध्यक्षको बैठक सकियो, आज ११ बजे सचिवालय बैठक बस्ने

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपा का दुई अध्यक्षबीचको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठक  सकिएको हो ।  बिहीबार ११ बजेका लागि तय भएको सचिवालय बैठक बस्ने निर्णय भएको बालुवाटार स्रोतले बताएको छ । बैठक बालुवाटारमै बस्नेछ ।

आज बस्ने बैठकमा मुख्यतः कार्यदलले बुझाएको प्रतिवेदनमा केन्द्रित छलफल हुने बताइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साँझ सवा पाँच बजे बालुवाटार पुग्नुभएको थियो ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार  बिहीबार बिहान ११ बजे तय भएको बैठक सञ्चालन गर्ने दुवै अध्यक्षबीच सहमति बनेको छ । यसअघि गत शनिबार १३ गते तय भएको सचिवालय बैठक १८ गतेका लागि सारिएको खबर आजको गोरखापत्रले छापेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।