२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

सौतनी आमाको छोरी म

जन्म र मृत्यु लाई जोडेर जिन्दगी (जिवन) को परिभाषा दिईन्छ यहाँ । मानिसको जन्म संगै मृत्यु पनि सम्बन्ध रहेको हुन्छ । महिला र पुरुषको (डिम्ब र शुक्रकिटको ) मिलन भए पछि भुणको बिकास हुदै जान्छ र सामान्यतया नौ महिना सात दिनमा बच्चा जन्मिन्छ ।
समाजमा अहिले सम्म पनि विभेद कायमै रहेको पाईन्छ । छोरा – छोरि /
छोरा भए खसी छोरि भए फर्सि भने झै – छोरा भए भोज भतेर गर्ने छोरि भए सुनसान बस्ने गरिन्छ यहा ।
हरेक आमाले आफ्ना सन्तानलाई खुशि अनि शुखि भएको नै हेर्नु चाहान्छिन । छोरा नभए समाजले आमालाई अपमान गर्ने , अलग नजरले हेर्ने गरिन्छ ।

कथा सौतनि आमाको ( हरेक आमाले चाहान्छिन मेरा सन्तान शुखि अनि खुशि रहनु । आफ्नो ज्यानको बाजि राखेर पनि सन्तानको रेखदेख गरेकि हुन्छिन । यी आमा बाट सन्तानको रुपमा छोरा भए सबै खुसि हुन्छन तर छोरि भए आमा माथि अलग व्यवहार देखाउछन यहाँ ।
आमाले छोरोको जन्म नदिन सकेको भन्दै अर्को बिहे गरिन्छ यहाँ । ूहो मेरि आमा बाट म जन्मिसकेको थिए तर मेरा बाले अर्को बिहे गरेर मेरि कान्छि आमा लाई ल्याउनु भो । जुन समाजले सौत्या ल्यो फलानाले भनेर भनिरहन्थ्ये । म सानै थिए मेरा बा ले सौत्यनि आमा ल्याउनु भएछ । मेरि आमा मलाई माया गरिरहन्थिन । भनथ्यिन कि छोरि तिम्रो बाले दोस्रो बिहे गरेका छन् । म सानै थिए म केही बोलिन बिस्तारै दस बर्ष कि भए मैले आमा लाई एकदिन प्रश्न गरे आमा बाले दोस्रो बिहे किन गरेको आमाले रुदै आसुको भेल बगाउदै भनिन छोरि तिम्रो बाबा लाई छोरा चाहियो रे १ मलाई त्यो दिन थाहा भयो कि छोरा र छोरि बिचको विभेद र मैले भने पनि आमा म हजुरको छोरा नै हो अरु ले जे भने पनि पुन आमा रुदै अङगालो मारदै अ ।।। अ तिमी मेरो छोरा हौ । आमा नै त्यो दिन देखि मेरा लागि सब कुरा हुनु भयो बिस्तारै ठुलि हुँदै गए र बाबाले पनि मलाई आफु बाट टाढा टाढा राख्दै जानू भो कारण मेरि आमा बाट छोरा नहुनु र अर्को आमा बाट छोरा हुनु ।
मेरि आमा बाट छोरा नहुनाले बा र आमाको सम्बन्ध बिस्तारै कम कम हुँदै गयो । म ठुलि हुँदै गए आमालाई मेरो चिन्ताले सताउदै गयो भनिन आमाले छोरि तलाई म पढाएर ठुलो मान्छे बनाउछु समाजमा नाम राखेस है हाम्रो मैले खुशिले आसु खसाल्दै आमालाई हुन्छ भने । आमले अङगालो हाल्नु भो अनि हस पनि भन्नू भो ।

म दश कक्षामा पढदै थे मेरि आमा एक दिन बिरामि हुनु भो तीन चार दिन सम्म औषधि खानु भो ठिक भएन उहाँलाई मलै भने आमा ठुलो अस्पताल जाउ तर मेरा बाले आमाको बारेमा एक चिम्टि पनि ख्याल गर्नु भएन ।

मैले एका बिहानै गाडिको जोहो गरे र आमा लाई सदरमुकामको अस्पताल लगे । म एक्लै थिए मेरि आमा अस्पतालको बेडमा मलाई हेरिरहनु भएको थियो । म डाक्टर संग सल्लाह सुझाब लिदै थिए उता मेरि आमा रुदै थिईन ।
मैले भने आमा नरुन ठिक भैहाल्छ मेरो साथि नि आउदै हुनुहुन्छ उहाले केही सहयोग गर्नेछन हामिलाई । आमाले रुदै भनी छोरि बाले त हेरन्नन हामीलाई रु
आमाले यस्तो भन्दा मै मनमनै रुदै भने आमा साथि साथ दिन्छन । आमाले भन्नुभयो हुन्छ ।
उपचारका लाथि डाक्टर संग सल्लाह गरे डाक्टरले भने अवस्था सामान्य नै छ डराउनु परदैन मैले पनि आमा लाई भाने आमा अब ठिक हुन्छ तपाई लाई तर साझको चार बजिसककेको थियो बिहान नौ बजे गएको मान्छे रिपोर्ट आएन म अकमकिए साथिलाई फोन गरे छिटो आउनुस भनेर साथि पनि आए र रिपोर्ट मागे ।

आमा लाई समस्या बढदै गयो साथिको मुखमा हेरदै म रुन थाले साथिले मलाई आमा भन्दा टाढा लगेर भने आमाको उपचारका लागि अब उहाले धनगढी तिरको अस्पतालमा लगौ पछि समस्या बढन सक्छ ।

मैलै रुदै दिदिलाई फोन गरे र दिदिले अस्पताल पुगाउनुका लागि गाढिको जोहो गरनु भो , आमा लाई अस्पताल पुगाउदा सम्म म बाटो भरि रोए आमालाई भोका थिए कि आमा अस्पताल जाउ भन्दा आमाले छोरि हामी संग पैशा छैन।

यतकता बाट पैशाको जोहो गरेकि मेरि दिदिले आमालाई ठुलो अस्पतालमा पुगाउनु भो मैले सोचेको पनि थिएन कि मेरा लागि त्यो दिन कालो दिन होला भनेर आमालाई आई सि यु मा राखे डाक्टरहरुले रातिको बाह् बजिसकेको थियो आमा आई सि युमा म बाहिर चिन्तामा थिए । रातिका चार नब्जदै मेरि आमाले यो संसास छोडेर जानू भो ।

मलाई यो खबर डाक्टरले गर्दा म बेहोस भए मेरा लागि त्यो दिन कालो दिन भो आमाले मलाई यो संसारमा एक्लै छोडेर मलाई टुहुरो बनाएर जानू भो ।

मेरा बा जिउदो मा मेरि आमा को ख्याल नगरेर मरेपछि मेरि आमाको लास ९ शव ० जलाउनुका लागि आउनु भयो ।

मेरि आमाले त भनेकि थिईन मेरो छोरा हौ तिमी भनेर मैले मेरि आमाको दाहसंस्कार गर्ने निधो गरेको थिए तर पापि समाजले गर्नु दिएन ।

मेरि आमालाई म सदा सम्मान र सम्झना गरिरहन्छु । एउटा समाजको रितिले ले गर्दा मेरि आमा मरिन ।
समाजमा विकासका नाममा अनेक भए तर मानिसको मानसिक बिकास भएन जुन हुनु जरुरि छ ।

समाजमा छोरा छोरि बिचको विभेद को अन्त्य हुने हैन भने मेरि आका जस्तै अरु आमाको पनि ज्यान नजाला भन्नू सकिँदैन ।
(यो लेख समाजमा रहेको यथार्थ तितोलाई दर्शाउनुका लागि लेखिएको हो । ) – दिपक राज भट्ट ( भागेश्वर- ४ ,डडेल्धुरा _ छोरा र छोरि बिचको विभेद

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।