भनिन्छ, जुन समाजले आफू संग भएको कुराको मूल्य जान्दैन, त्यो समाज विवेकहीन र अनुशासनहीन हुन्छ। वैज्ञानिक रूपमा हेर्दा, जब हाम्रो समाज आफ्नो परम्परालाई घृणा गर्दै अल्पज्ञानयुक्त आधुनिकताको रोगले ग्रस्त भयो, हामी आफूसँग भएको मूल्य मान्यता पहिचान गर्न नसक्ने चक्रव्यूहमा फस्न पुगेका छौं। अहिलेको समयमा, तीजको पवित्र उत्सवको मनोविज्ञानले हामीलाई उत्साहित गराइरहेको छ। तीजको अवसरमा तयार पारिने हाम्रो दिव्य परिकारलाई मेनुको रूपमा हेर्दा हाम्रो सामान्य तीजको मेनु र त्यसको क्यालोरी भ्यालु देख्दा तपाईंलाई गर्व महसुस हुनेछ। तपाईंलाई आफ्नै प्रति पनि गर्व लाग्नेछ।
आफ्नै परम्पराबाट सिकेर तपाईंको हजुरआमा, आमा, श्रीमान्रश्रीमती, दिदीबहिनी वा भाइबहिनीले तपाईंका लागि तयार पारेको खानाको महत्व बुझ्दा तपाईं आश्चर्यचकित मात्र हुनुहुने छैन, तपाईं आफ्नै परिवारको नारी शक्तिको प्रशंसक बन्नुहुनेछ। तपाईंको भान्सामा परम्परागत रूपमा चाडपर्वमा बनाइने उत्कृष्ट आशीर्वाद रूपी खाना मनोवैज्ञानिक दृष्टिकोणले तपाईंको घरमा जीवित रहनु तपाईंको कुल र घरानाको नारीत्वको पवित्र क्षमताको साक्षी हो।
ती देवी रूपी नारी शक्तिले आफ्नो वास्तविक समयको अनुभवलाई तपाईंको आहारमा समाहित गरेर मात्र तपाईंको शरीरको लागि उत्कृष्ट परिकारको रूप दिएको छैन, स्वास्थ्यप्रद र आध्यात्मिक रूपले हिलिङ्ग खाना पनि उपलब्ध गराएको छ।
वैज्ञानिक औषधि मनोविज्ञान र पोषण मनोविज्ञान अनुरूप, एक वयस्क महिलाले उमेर, तौल, उचाइ, शारीरिक गतिविधि स्तर, र समग्र स्वास्थ्य जस्ता कारकहरूमा आधारित रहेर शरीरको फरक क्यालोरी सेवनको आवश्यकता हुन्छ।
कम शारीरिक गतिविधि गर्ने महिलाको शरीरलाई ९थोरै वा कुनै व्यायाम नगर्ने० प्रति दिन औसत १,८०० देखि २,००० क्यालोरी चाहिन्छ।
मध्यम शारीरिक गतिविधि गर्ने महिला ९मध्यम व्यायाम गर्ने वा दिनमा लगभग १।५ देखि ३ माइल छिटो गतिमा हिँड्ने जस्ता शारीरिक गतिविधि गर्ने० को लागि औसत २,००० देखि २,२०० क्यालोरी प्रति दिन आवश्यक छ।
सक्रिय महिलाको हकमा (दिनमा ३ माइलभन्दा बढी छिटो गतिमा हिँड्ने वा कडा व्यायाममा संलग्न हुने) औसत २,२०० देखि २,४०० क्यालोरी प्रति दिन चाहिन्छ।
यी औसत व्यक्तिगत आवश्यकता र भूगोलको जीवनशैली तथा स्वास्थ्य लक्ष्यहरू अनुसार समायोजन गरिनुपर्दछ। नेपालको सन्दर्भमा, दैनिक टिकटक, फेसबुक, र भान्सामा बसी दिन बिताउने नारीको लागि प्रतिदिन १२०० क्यालोरी र गिट्टी ढुङ्गा फोरेर इट्टा बोक्ने तथा बच्चा स्तनपान गराउने आमाको लागि २५०० क्यालोरीसम्म आवश्यक हुन सक्छ। हरेक व्यक्तिको व्यक्तिगत सिफारिसहरूको लागि आहार विशेषज्ञको परामर्श उत्तम हुन्छ।
परम्परागत नेपाली पर्व तीजको औसत सामान्य मेनु र त्यसको पोषण तत्वहरूको पुनरावलोकन गरौँ।
दर खाने दिनको मेनु ?
सेल रोटीः चामलको पिठो, चिनी, र घिउको प्रयोग गरी बनाइएको, तेलमा तारेको परम्परागत नेपाली गोलो आकारको रोटी।
पूरीः गहुँको पिठोबाट बनाइएको, तेलमा तारेको पूरी।
आलुको अचारः तिल, तोरीको तेल, र मसला मिलाएर बनाइएको मसालेदार आलुको अचार।
दहीः साधारण वा कहिलेकाहीँ गुलियो दही।
मासुको परिकारः मसला र तेलमा पकाइएको कुखुरा वा खसीको मासु।
लप्सीको अचारःमसला र चिनी मिलाएर लप्सीबाट बनाइएको अचार।
फलफूलः केरा, स्याउ, सुन्तला, अङ्गुर, र मौसमी फलफूल।
मिठाईः दूध, सख्खर, चिनी, र घिउबाट बनाइएका लड्डु, बर्फी, पेडा आदि।
उपवास दिनको मेनु
फलफूल र सुकुटीःउपवासको प्रकार (पूर्ण वा आंशिक) अनुसार फलफूल र सुख्खा नटहरू।
केही अवस्थामा, पानी वा फलफूलको रस पनि पिउन सकिन्छ।
ऋषि पञ्चमी (अन्तिम दिन) दिनको मेनुः
सादा खानाः उपवास तोड्नका लागि सादा भात, तरकारी, र गेडागुडी।
तीज पर्वको मेनुमा रहेको परिकारहरूको क्यालोरी र पोषण तत्वहरू परिमाण र विशेष तयारीका विधिहरूमा निर्भर गर्दछ।
माथिका सामान्य खानाहरूको आधारमा, औसत क्यालोरी मात्रा यस प्रकारको आउँछः
सेल रोटी (१ पिस, ५० ग्राम०)लगभग २००देखि २५० क्यालोरी) उच्च कार्बोहाइड्रेट र मध्यम चिल्लोपन।
पूरी १ पिस, २५ ग्राम० लगभग ८०.१०० क्यालोरी उच्च कार्बोहाइड्रेट र उच्च चिल्लोपन।
आलुको अचार १ सर्भिङ, १०० ग्राम० लगभग १५०—२०० क्यालोरी उच्च कार्बोहाइड्रेट, उच्च चिल्लोपन, र उच्च भिटामिन सी।
दही १ कप, २४५ ग्राम० लगभग १००—१५० क्यालोरी प्रोटिन, क्याल्सियम, र प्रोबायोटिक्स दिने।
मासुको परिकार (कुखुरा, १ सर्भिङ, १०० ग्राम०) लगभग १५०(२०० क्यालोरीस उच्च प्रोटिन र चिल्लोपन।
लप्सीको अचार (१ चम्चा, १५ ग्राम०) लगभग ३०—५० क्यालोरीस फाइबर र भिटामिन सी।
मिठाई (लड्डु, बर्फी, पेडा, १ पिस, ३० ग्राम०) प्रति पिस लगभग १२० देखि १५० क्यालोरीस उच्च चिनी र उच्च चिल्लोपन।
समग्रमा हेर्दा, तीजको दर खाने दिनको सामान्य भोजनमा १२०० देखि २००० क्यालोरीको हाराहारीमा क्यालोरी हुन्छ, जुन पोषण विज्ञानको हिसाबमा अद्भुत चमत्कार हो।
उपवासको दिनमा, क्यालोरी सेवन उल्लेखनीय रूपमा कम हुन्छ। त्यस बेला फलफूल, नटहरू, ड्राई फ्रुटहरू, र रसहरूको सेवन १०० देखि ५०० क्यालोरी सम्मको दायरामा हुने गर्दछ। यो कम क्यालोरी सेवनको साथै लामो उपवासले शरीरका कोष स्तरमा रोगको घरको रूपमा रहेको हेवी(वाटरलाई हटाई शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ।
नेपालको विविध सांस्कृतिक खानामा रहेको पोषण तत्व र विज्ञानलाई बुझ्दा, तीजको दरको पोषणात्मक महत्त्वलाई सम्मान गर्न आवश्यक छ। यसले नेपाली नारीहरूले आफ्ना परिवारको स्वास्थ्यको ख्याल राख्दै परम्परागत ज्ञान र अनुभवलाई जीवित राखेको देखाउँछ। यसरी, तीजको दरले मात्र हाम्रो सांस्कृतिक धरोहरको प्रतिनिधित्व गर्दैन, यो स्वास्थ्य, पोषण, र सांस्कृतिक एकताको प्रतीक पनि हो।
नारीहरूले आफ्नै परिवार र आफ्नो स्वास्थ्यलाई राम्रोसँग बुझ्ने दूरदर्शी क्षमता राख्छन्। आफ्नो र परिवारको लागि आहार र मेनुको वैज्ञानिक रूपमा चयनमा उनीहरू अत्यन्तै मिहिनेत गर्छन्। यसरी, उनीहरूले यस्ता पवित्र आहारहरू चयन गर्न र समाजलाई उपहारको रूपमा दिन सफल भएका छन्। यो वैज्ञानिक ज्ञानको कारण होइन, तर पवित्र क्षमतामा आधारित कुशलता हो।
नेपाली उत्सवको खाना नेपाली नारीहरूले नेपाली समाजलाई दिएको उत्कृष्ट उपहार हो, जसको प्रशंसा अनिवार्य रूपमा गरिनुपर्छ। यसले पुष्टि गर्दछ कि उनीहरू नेपाली समाजका समृद्ध परम्पराका वाहक हुन्।
तीजको परिकार चमत्कारिक बन्नुको कारण वैज्ञानिक प्रयोगको नतिजा होइनस बरु, यो त नेपाली नारीहरूले आफ्नो अनुभवबाट गहिरो रूपमा सिक्न, अनुभूति गर्न, र त्यसलाई सामाजिक इन्जिनियरिङ मार्फत व्यवहारमा लागू गर्न सक्ने कलाको प्रमाण हो। तीजको दिव्य दरको रूपमा खानाको छनोट गर्ने क्रममा, हाम्रो परम्परामा नारीहरूले शरीर र मस्तिष्कमा खानाले पार्ने प्रभावलाई गहिरो गरी अनुभव गरे। आत्मज्ञानको गहिरो अनुभवको आधारमा, उपयुक्त भोजन र त्यसको वैज्ञानिक विधि बनाउन र व्यवस्थापन गर्न उनीहरू सक्षम बने। यो क्षमताको उदाहरण हो। उनीहरू असल शिक्षार्थी हुन्, जसले गहिरो अनुभूति राख्ने क्षमता, ऋषिका मन, र दैवी गुणको प्रमाण दिन्छ।
यसले यो प्रमाणित गर्दछ कि नेपाली नारीहरूको प्रतिभा, माया, करुणा, र अरूको आवश्यकताको ख्याल गर्ने खुबी सामान्य छैन। माया र हेरचाह गर्ने खुबी उनीहरूको आत्माको अंश मात्र होइन, त्यो नियत बोकेको डिएनएबाट हाम्रा आमाहरूको, नेपाली नारीहरूको जीवन निर्माण भएको छ।
यही संरचनाको आशिषित पवित्रता मार्फत, उनीहरू साँच्चै पवित्र शक्ति बनेका छन्, जो सम्पूर्ण नेपाली समाजका पोषण दाता, स्वास्थ्य दाता, र संरक्षकको भूमिका निभाइरहेका छन्। हाम्रो समाजले आफ्नो यो अमूल्य सम्पत्तिको पहिचान गर्न सकोस।



२०१६ मा फिजियोलोजी वा मेडिसिनको नोबेल पुरस्कार जापानी जीव वैज्ञानिक योसिनोरी ओसुमीलाई अटोफेजी सम्बन्धी उनका खोजहरूको लागि दिइएको हो। साधारण शब्दमा भन्नुपर्दा, अटोफेजी भनेको कोशहरूले आफैंलाई सफा गर्ने प्रक्रिया हो। हुन त अटोफेजीू को अर्थ आफ्नैलाई खानेू भन्ने हुन्छ। यस अन्तर्गत उनले कोशहरूले कसरी आफ्नै अंशहरूलाई तोडेर पुनः प्रयोग गर्न सक्छन् भन्ने कुरा अध्ययन गरे। कोशहरूले आफ्नो सफाइ प्रक्रियामा खराब भएका भागहरू, नचाहिने प्रोटिनहरू, र आवश्यक नरहेका पुराना संरचनाहरूलाई हटाउँछन्।
हाम्रो तीज परम्पराको अवस्थामा उपवासले कोशीय स्वास्थ्य र मेटाबोलिजमका लागि धेरै फाइदा पुर्याउँछ भन्ने उनको अनुसन्धानको निष्कर्षसँग मेल खान्छ भन्ने हाम्रो राय हो। उपवाससँग सम्बन्धित प्रक्रियाहरू भित्रको अटोफेजी वा कोशीय ूसफाइू प्रक्रियाको अध्ययन योसिनोरी ओसुमीले गरेका कारण उनले २०१६ को नोबेल पुरस्कार प्राप्त गरे, जसले उनको खोजलाई वैज्ञानिक मान्यता प्राप्त हैसियत दिएको हाम्रो ठहर हो।
योसिनोरी ओसुमीको अटोफेजीबारेको अध्ययनमा उपवासले अटोफेजीलाई सक्रिय बनाउँछ, जसले कोशहरूले बिग्रिएका वा अनावश्यक अंशहरूलाई तोडेर पुनः प्रयोग गर्न सक्छन् र अप्रत्यक्ष रूपमा कोशीय प्रक्रियाहरूको ूशुद्धताू र दक्षता कायम राख्न मद्दत पुर्याउँछ, जसले कोशीय जलयोजन र आयोनहरूको सन्तुलनमा सहयोग पुर्याएको पुष्टि भएको छ।
उपवास गर्दा शरीरले आफ्नो मेटाबोलिजममा परिवर्तन गर्न सक्छ भन्ने पुष्टि भएको छ। जब मानिसले पानी नपिएर व्रत बस्छ, कोशमा पानी पुग्दैन। त्यसको पूर्ति गर्न कोशहरूले आफैभित्रको बोसो शक्तिमा परिवर्तन गर्ने क्रममा उत्पन्न हुने पानी ९मेटाबोलिक पानी० मा बढी निर्भर भएर पनि जीवनलाई नियमित सञ्चालन गर्छ।
यो प्रक्रियाले कोशीय पानी र त्यसमा घुलन भएका घुलनशील तत्वहरूको व्यवस्थापनमा मद्दत पुर्याउँछ। फलस्वरूप, उपवासले अक्सिडेटिभ तनावलाई कम गर्न सम्भव हुन्छ, कोशहरूलाई समग्र कार्यक्षमता प्रभावकारी बनाउन मद्दत गर्दछ र पानी तथा आयोन सन्तुलनमा अप्रत्यक्ष सहयोग पुर्याउँछ भन्ने कुरा पुष्टि भएको हो।
विज्ञानअनुसारको हेभी वाटर भनेको ड्युटेरियम अक्साइड हो। यो मुख्यतस् परमाणु रिएक्टरहरूमा र केही वैज्ञानिक अनुसन्धानको सन्दर्भमा प्रयोग हुन्छ। जैविक प्रणालीहरूमा, हेभी वाटरको एकाग्रता सामान्यतया नगण्य हुन्छ र यो कम चिन्ताको विषय हो भनिन्छ। त्यसैले अटोफेजी जस्ता कोशीय प्रक्रियाहरूको अध्ययन गर्दा मेटाबोलिजम सुधार गर्न र अक्सिडेटिभ तनावलाई कम गर्ने कुरा मात्र भन्न सकिन्छ, विशेष रूपमा हेभी वाटरमा लक्षित गर्न सम्भव छैन। किनकि त्यो वैज्ञानिक क्षमताले प्रमाणित गर्ने हदमा विज्ञानको विकास भएको छैन।
स्वास्थ्य, दीर्घायु, मेटाबोलिक प्रक्रियाहरू र कोशीय स्वास्थ्यमा यसको फाइदाहरूमा ध्यान केन्द्रित गर्ने संसारका सबैभन्दा विश्वसनीय स्रोतहरू जस्तै ल्बतगचभ, ऋभिि, र त्जभ ल्भध भ्लनबिलम व्यगचलब िया ःभमष्अष्लभ जस्ता पत्रिकाहरूमा प्रकाशित हुने अनुसन्धानमा उपवासले कसरी अटोफेजी, किटोसिस, इन्सुलिन संवेदनशीलता, र कोशीय मर्मत संयन्त्रहरूलाई असर गर्छ भन्ने कुरा लेखिएको छ, तर मैले लेखे जस्तो हेभी वाटर हटाउन सक्छ भनिएको छैन।
क्लिन्सिङू वा डिटोक्सिफिकेसनू जस्ता उपवाससँग सम्बन्धित कुराहरूमा मैले प्रयोग गरे जस्तो कडा वैज्ञानिक सन्दर्भहरूबाहिर पनि ढिलाइका साथ स्वीकार गरिन्छ। तर जब तपाईं यसलाई अथर्व वेद लगायतका वेदहरूको सन्दर्भमा, वास्तविकताभन्दा मेटाफिजिक्सको दृष्टिले हेर्नुहुन्छ, तब पानीको मेटाबोलिजमको चर्चा गर्दा हेभी वाटर शब्द सहजै प्रयोग गरिन्छ।
जहाँ हेभी वाटरको अर्थ परमाणु रिएक्टरहरूको रुपमा नभएर कोशिकाको अशुद्धताले अर्थात् अशुद्ध पानी र त्यसमा घुलन भएका चिजहरूले ूअप्रत्याशितू रूपमा अनुभव गर्न सकिने योग, ध्यान, मनोवैज्ञानिक र आध्यात्मिक असहजता हुन्छ। कोशिकाको अशुद्ध पानि त्यसको कारक बनेको हाम्रो अनुभूति छ। हाम्रो परम्पराले बताएको छ।
त्यस्तो असहजताको कारक परमाणु रिएक्टरहरूमा ड्युटेरियम अक्साइड पानि होला कोशीकाको तहमा ड्युटेरियम अक्साइड पानिको क्वान्टम वेव फङ्गनले दिने हार्मोनि बिथोलिदिने परा अशर हो भन्ने हाम्रो एकिन हो।
जसलाई हेभी वाटर इफेक्ट भन्ने अहिलेको सबैको जिब्रोको भाषाको नाम मा नै व्याख्या गरिएको हो।
यो कुरा मेरो वेद र विज्ञान भाग २ किताबमा के कारण एकै विधिले, एकै औषधिले, एकै तरिकाले सेवन गर्दा, एकै प्रकारको खाना एकै तरिकाले खाँदा, एकै विचार एकै तरिकाले गर्दा, र एकै ज्ञानको स्तरको मानिसमा फरक(फरक नतिजा दिने हुन्छरु यसमा विज्ञानको मान्यता के छरु आयुर्वेदको मान्यता के छरु शास्त्रीय मान्यता के छरु आजको आयुर्वेद किन आयुर्वेद हुन सकेनरु आधुनिक वैज्ञानिक क्लिनिकल ट्रायलहरू मार्फत आयुर्वेदिक ओखतीको एप्रुभलमा अनिवार्यताको मापदण्ड थोपरीदिएर आयुर्वेदको जीवनलाई विज्ञानले कसरी मारेको छ भन्ने आर्टिकल बाहिर आएपछि मेरो सोच स्पष्ट होला।
धेरैका लागि यी कुराहरू माइथोलोजी भनेर गिज्याउने विषय बनेका छन्। तर अनुभूतिको चरणमा, यसलाई न विज्ञानको अविद्या देखिन्छ, न वैदिक विद्यामा कुनै आपत्ति देखिन्छ, न त्यसमा असहमति नै।
धन्यवाद। — नारायण घिमिरे

























