२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

बैतडीमा एक्स्काभेटर दुर्घटनामा कैलालीका एक युवकको  मृत्यु

 बैतडीमा एक्स्काभेटर दुर्घटनामा कैलालीका एक युवकको  मृत्यु भएको छ । पाटन-पञ्चेश्वर सडकखण्डको मेलौली नगरपालिका-३ ठूलाखोलामा भएको दुर्घटनामा चालकको मृत्यु भएको हो ।

कैलालीको निगाली घर भएका २५ वर्षका चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

क्रसर मेसिन अनलोड गर्ने क्रममा बा २ क २०६ नम्बरको एक्स्काभेटर पल्टिन पुगेको र चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

शनिबार दिउँसो दुर्घटना भएको उनले बताए । एक्स्काभेटर सडकबाट करिब ३० मिटर तल खसेको जनाइएको  छ । घटनाको थप अनुसन्धानका भइरहेको प्रहरीले बताएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।