२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

नेपाल स्वयंसेवक संघ बाँके द्वारा परिचयात्मक/प्रशिक्षण कार्यक्रम सम्पन्न।

`देशको रक्षा गर्नु नै हाम्रो अभियान´को मुल नारा सँगै नवनियुक्ति नेपाल स्वयंसेवक संघ बाँके जिल्ला कमिटी का प्रतिनिधिको सहभागीता गराई पुस १७ गते बाँके को झण्डहवा,कोहलपुर मा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा नेपाल स्वयंसेवक संघ बाँके जिल्ला का जिल्ला अध्यक्ष टेक नारायण भुसाल ( राजु ) ज्यु को प्रमुख अध्यक्षता र कार्यक्रमको संचालन बाँके का जिल्ला सचिव भुवनेश्वर शर्मा ज्युले गर्नु भएको थियो ।

नेपाल स्वयंसेवक संघको विधानलाई स्पष्ट पार्दै कार्यक्रम प्रशिक्षक एवं संघ का जिल्ला अध्यक्ष श्री टेक नारायण भुसाल ज्यु ले समाज सेवामा समर्पित हुनु प्रतेक नागरिक को कर्तव्य रहेको बताउनुभयो ।उहाँले सबैभन्दा ठूलो धर्म समाज सेवा नै हो भनेर स्पष्ट पार्नुभएको थियो ।

यसै गरि बाँके जिल्ला का सम्पूर्ण पदाधिकारी हरु लाई सकृय भएर समाजसेवामा लाग्न अनुरोध गर्नु भयो। साथै यस कार्यक्रममा बाँके जिल्ला कार्यसमिति बाट उपाध्यक्ष शिला थापा ,सचिव भुवनेश्वर शर्मा ,कोषाअध्यक्ष तारा ज्ञवाली, सदस्यहरु:- सुजन पौडेल, मुक्ती देवकोटा, गौरीशंकर मण्डल लगायत कुशल व्यावसायि/समाजसेवी/सामाजिक अभियान्ता कमला कान्ति पौडेल समेतको उपस्थिती रहेको थियो l

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।