२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

कञ्चनपुरमा धामीझाँक्री गर्ने क्रममा मन्दिरमै ढलेका बृद्धको मृत्यु

कञ्चनपुरमा धामीझाँक्री गर्ने क्रममा मन्दिरमै ढलेका बृद्धको मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका– २ महुलियास्थित बिडेश्वर महादेव मन्दिरको शिलान्यास कार्यक्रममा धामीझाँक्री गर्ने क्रममा एक्कासी ढलेका ६५ वर्षीय अंकसिंह भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले मन्दिरमै ढलेका बैतडीको पुर्चौडी नगरपालिका–१ का भण्डारीको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको दिनेशखबरलाई जानकारी दिए।

उनका अनुसार मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमै राखिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।