२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

एक दर्जन बढी क्रियाशील सदस्यहरूले पार्टी परित्याग

नेपाली काँग्रेस शुक्लाफाँटा नगरपालिका वडा नं. २ का एक दर्जन बढी क्रियाशील सदस्यहरूले पार्टी परित्याग गरेका छन् । वडा सभापति रामदत्त पन्तको अध्यक्षतामा बुधबार बसेको भेलामा उनी सहित वडा नं–२ का अन्य १४ जना क्रियाशील सदस्यहरूले पार्टी परित्याग गरेका हुन् ।

बुधबार बसेको भेलाले गत २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली काँग्रेस शुक्लाफाँटा नगरपालिका वडा नं-२ का सभापति सहित बहुसंख्यक वडा कमिटीका सदस्यहरूको मागदाबी गरे बमोजिमका व्यक्तिलाई वडाध्यक्ष पदमा टिकट नदिई काँग्रेसको टिकट घोषणा गर्ने निकायले जनादेशको अवज्ञा गरि आफूखुसी टिकट वितरण गरेको आरोप लगाएको छ । गत निर्वाचनपछिको अवस्था र हालसम्म पनि पार्टीले आफूहरूलाई वेवास्ता गरेकाले पार्टी परित्याग गरेको नेपाली काँग्रेस जिल्ला कमिटी प्रशासन शाखा सदस्य प्रकाशदत्त भट्टले बताए । उनका अनुसार पार्टी परित्याग गरेका व्यक्तिहरूले तटस्थ र स्वतन्त्र बस्ने निर्णय गरेका छन् ।

पार्टी परित्याग गर्नेहरूमा वडा सभापति रामदत्त पन्त, क्षेत्रीय प्रतिनिधि तथा प्रशासन शाखा सदस्य प्रकाश भट्ट, क्षेत्रीय प्रतिनिधि लालसिंह विष्ट, वडा सचिव माधवराज पन्त, नगर सदस्य हेमराज पाण्डेय रहेका छन् । यस्तै पार्टी परित्याग गर्ने क्रियाशील सदस्यहरूमा डम्मर सिंह ऐर,लक्ष्मीराज शर्मा, पदमराज पन्त, राजबहादुर साउँद, धनबहादुर सिंह, भागरथी देवी बोहरा, मेघराज पन्त र पर्देशी डगौँरा रहेका छन् भने शिवराज भट्ट तरुण दलका नगर सचिव हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।