कैलाली- कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा १८४ नमूना जाँच गर्दा ११ महिला र ३६ पुरुष गरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आज सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा ३४ जना संक्रमित थपिएका छन् ।
Views: 98

























