२०८३ जेष्ठ १९ मंगलवार
२०८३ जेष्ठ १९ मंगलवार

कञ्चनपुरमा बेहोस अवस्थामा भेटिएका पुरुषको मृत्यु

धनगढीः कञ्चनपुरमा बेहोस अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ।

बेहोस अवस्थामा भेटिएका जिल्लाको भीमदत्त नगरपालिका–६ हल्दुखालका ४९ वर्षीय नारायण भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बेहोस अवस्थामा भेटिएको उपचारका क्रममा धनगढीमा मृत्यु भएको जानकारी दिए।

उनका अनुसार आफ्नै घरमा बेहोस भेटिएका भट्टलाई महाकाली अस्पताल भर्ना गरिएकोमा त्यहाँबाट धनगढी रेफर गरिएको थियो। धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा भट्टको मृत्यु भएको हो।

भट्टले सलफास नाम विषादी सेवन गरेको बुझिएपनि घटनाको अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।