धनगढीः कञ्चनपुरमा सशस्त्र प्रहरीले अवैध प्लाष्टिक र कुखुरा बरामद गरेको छ।



भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका सशस्त्र प्रहरी नायब निरीक्षक त्रिभुवन बिष्टको नेतृत्वमा खटिएको टोलीले ६० हजार रुपैयाँ बराबरको अवैध कुखुरा र प्लाष्टिक बरामद गरिएको जनाएको छ।
भीमदत्त नगरपालिका र पुनर्वास नगरपालिकाको सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा ती अवैध सामान बरामद गरिएको हो।
प्लाष्टिक कञ्चनपुर भन्सार कार्यालय र कुखुरा पशु क्वारेन्टाईनमा बुझाएर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
Views: 113

























