२०८३ जेष्ठ १९ मंगलवार
२०८३ जेष्ठ १९ मंगलवार

ट्याक्सी दुर्घटना हुँदा ८ जना घाइते

पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । फालेलुङ गाउँपालिका–२ बाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज २४७७ नम्बरको ट्याक्सी आज सडकबाट झरेर दुर्घटना भएको हो ।

दुर्घटनामा फालेलुङ–२ का सुविन अधिकारी, सुविक्षा पौडेल, सुजाता पौडेल, रवीन अधिकारी र कविता चापागाईं तथा झापाको बिर्तामोडमा रामचन्द्र उप्रेती, उर्लाबारी मोरङका सागरचन्द्र सापकोटा र टगोमादेवी सापकोटा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र उपचारका लागि झापाको बिर्तामोड पठाइएको छ । बाँकी सातको फिदिमस्थित अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको तर सडकमा शीत परेर चिप्लो हुने हुनाले सोही कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।