डडेल्धुरा – डडेल्धुरामा आँपको रुखबाट लडेर एक महिलाको हिजो घटनास्थलमै मृत्यु भएको हो । भागेश्वर गाउँपालिका–२ रुपाल रैनपाटाका निरज दमाईकी श्रीमती ३२ वर्षीया रूपा दमाईको मृत्यु भएको हो। हिजो दिउँसो साढे १ बजेतिर भागेश्वर गाउँपालिका–३ विपलम गाँउ नजिकै आँप टिप्ने क्रममा रुखबाट लडेर रूपाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त एवं प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए। शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ। उनीहरु भेटघाटका लागि रुपाल बाट आपन्तकहाँ विप्लम गएको स्थानीयले बताए ।



Views: 191

























