२०८२ चैत्र १७ मंगलवार
२०८२ चैत्र १७ मंगलवार

लु–निभाः बाल सरोकार समुहद्धारा शिक्षा तथा बालअधिकार संरक्षणमा बजेट बृद्धिका लागि स्थानीय तहलाई सुझाव पत्र

धनगढी – डडेल्धुराको नवदुर्गा गाउँपालिका र भागेश्वर गाउँपालिकालाई लु–निभाः बाल सरोकार समुहले शिक्षामा सुदृढिकरण तथा बाल अधिकार संरक्षणका माग सहित सुझाव पत्र बुझाएको छ । बिभिन्न सुझाव सहित नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थी र भागेश्वर गाउँपालिकाका अध्यक्ष हेम राज चटौतलाई लू निभाःका कार्यक्रम संयोजक कृष्ण गोविन्द महर्जन र जिल्ला कार्यक्रम अधिकृत जगदिश कुमार चुनारालेसुझाव पत्र बुझाएको छन् ।
सुझाव पत्रमा नेपाल सरकारको २५ वर्षे दीर्घकालीन सोच समृद्ध नेपाल, सुखी नेपाली सहितको समुन्नत राष्ट्र निर्माणका आधारमा पन्ध्रौं आवधिक योजनाका लक्ष्यहरु प्राप्त गर्न, शिक्षााको मौलिक हकलाई व्यवहारतः कार्यान्वयन र सार्वजनिक शिक्षामा कुल गार्हस्थ उत्पादनको ४ देखि ६ प्रतिशत र शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट बिनियोजन गर्न, दिगो विकास लक्ष्यले लिएको संकल्प र विद्यालय शिक्षा क्षेत्र योजनाको लक्ष्यलाई सार्थक बनाउन बाल अधिकार संंरक्षण र सार्वजनिक शिक्षा प्रणालीको सुदृढिकरण गरिनु पर्ने माग गरेका हुन् ।

 

शिक्षाको लागि बजेट निर्माण गर्दा विगतको बजेटमा सामान्य वृद्धिको सिद्धान्त मात्र अवलम्बन भएको प्रवृत्ति बाहेक अग्रगामी सुधारको मार्ग अवलम्बन गर्ने चिन्तन र दृष्टिकोणले दिशा निर्देश गर्न सकेको अवस्था अपवाद बाहेक भेट्टाउन मुस्किल छ । बजेट निर्माणका क्रममा शिक्षाको बृहत सञ्जाल यसको लाभग्राही र सरोकार समूह विद्यार्थी, शिक्षक, अभिभावक लगायतको चिन्ता, चासो र सुझावलाई केही हदमामात्र अङ्गीकार गर्नसकियो भने त्यसले ठुलो अर्थ राख्छ र सुधारको आधार प्रदान गर्दछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।