२०८३ बैशाख २९ मंगलवार
२०८३ बैशाख २९ मंगलवार

सफा हिमाल अभियान : चार वटा हिमालबाट ३४ हजार केजी फोहोर संकलन

काठमाडौं, ११ जेठ । सफा हिमाल अभियान-२०२३ अन्तर्गत चार वटा हिमालबाट नेपाली सेना नेतृत्वको टोलीले ३४ हजार केजी भन्दा बढी फोहोर संकलन गरेको छ । सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्से हिमालबाट नेपाली सेना नेतृत्वको टोलीले ३४ हजार १६६ केजी फोहोर संकलन गरेको हो । यो अभियान अन्तर्गत अहिलेसम्म आधा बाटोसम्मको फोहोर संकलन भएको टोलीले जनाएको छ ।

विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाइ कार्यक्रम मध्येको यो अभियानमा कोका–कोला फाउन्डेसनले प्रमुख दाताको रूपमा सहकार्य गरेको छ । २८ मार्चदेखि सुरु भएको यो अभियान ५ जुनमा सकिने छ । प्रत्येक वर्ष सयौं आरोही, शेर्पा र भरियाहरूको टोली यी हिमाल चढ्न जाँदा, चुचुरामा पुग्ने बाटोमा आफूसँगै बायोडिग्रेडेबल र नन–बायोडिग्रेडेबल फोहोर छोड्ने गरेकोले फोहोर व्यवस्थापनमा समस्या आउने गरेको छ ।

नेपाली सेना र शेर्पा समर्थक गरी ९७ जनाको सदस्यता रहेको अभियान टिमले अत्यन्तै कठिन मौसमी अवस्था झेल्नुपरेको बताएको छ । खाली अक्सिजन क्यानिस्टर, यतिकै छोडिएका टेन्ट, खाना राखिने कन्टेनर, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक ग्याजेट लगायत फोहोर संकलन गर्दै टिमले यस वर्षको ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य सहित अभियानलाई निरन्तरता दिएको समेत बताएको छ । सफा हिमाल अभियानका निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डेले सफा हिमाल अभियान, विभिन्न हिमालहरुको स्वच्छता जोगाउनका लागि एउटा सबल कदम भएको बताए ।

विज्ञ र नेपाली सेनाले शेर्पा, मेडिकल अफिसर, उद्दार अपरेटर, स्थानीय समुदाय तथा अन्य सहयोगी हातहरुसँग मिलेर बाटो, शिविरसहित जम्मा भएका सबै क्षेत्रबाट फोहोर संकलन गरी फिर्ता ल्याउन समर्थन भएको उनले बताए । दिगो फोहोर व्यवस्थापन प्रवर्द्धन गर्ने प्रयासको रूपमा फोहोर संकलन गरेपछि टिमले प्रशोधनका लागि अभियानको रिसाइक्लिङ पार्टनरलाई हालसम्म अन्नपूर्ण हिमाल र बरूणत्से हिमालबाट संकलन गरिएको फोहोर हस्तान्तरण गरिसकेको छ ।

जनचेतना बढाउन र सार्वजनिक संलग्नतालाई प्रोत्साहित गर्न सफा हिमाल अभियानले हिमाल सरसफाइमा आफ्नो निरन्तर प्रयासहरुलाई काठमाडौं, ललितपुर, पोखरा र भरतपुर लगायतका सहरहरूमा डिजिटल स्क्रिन मार्फत दर्शाउँदै आएको छ । ३५ टन फोहोर संकलन गर्ने लक्ष्यमा पुगेपछि अभियानको सफलताको खुसियालीमा काठमाडौंमा अन्तिम उत्सव मनाउन कार्यक्रम आयोजना गरिने भएको छ । जुन ५ तारिखमा अर्थात् विश्व वातावरण दिवसको अवसरमा भावी पुस्ताका लागि वातावरण संरक्षणमा सामूहिक पहलको महत्वलाई जोड दिँदै यो अभियान समापन गरिने बताइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।