डडेल्धुरा (दिपकराज भट्ट )- डडेल्धुरामा लू निभा बाल सरोकार समूहद्वारा संचालित शिक्षा र संरक्षणमा सामुदायिक नेतृत्व परियोजना अन्तर्गत भागेश्वर गाउपालिका वडा न ४, ५ र नवदुर्गा गाउपालिका वडा न. १ र २ का सामुदायिक बिधालयका २३ जना शिक्षकलाई ४ दिने बालमैत्री शिक्षण सिकाइ प्रक्रिया तथा कक्षाकोठा व्यवस्थापन तालिम डडेल्धुरामा सन्चालन भएको छ ।
उक्त कार्यक्रम जिल्ला समन्वय समिती डडेल्धुराका प्रमुख गगन सिंह भण्डारी ज्युको प्रमुख आतिथ्यमा तथा नवदुर्गा गाउपालिका उपाध्यक्ष श्री निर्मला बोगटी को विशिस्ट आतिथ्यतामा कार्यक्रम संचालन भएको हो । शिक्षण सिकाइ लाई प्रभावकारी बनाउन, बालमैत्री वातावरणलाई जोड दिनुको साथै शिक्षकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको परियाेजना प्रमुख भुवन विष्टले बताए ।
(Visited 45 times, 1 visits today)
