२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

आलितालको एम्बुलेनस नै तीन महिना देखि बिरामी

डडेल्धुरा ः डडेल्धुराको आलिताल गाँउपालिकाको एम्बुलेन्स् तीन महिना देखि बिरामी भएर ग्यारेजमा थन्किएको छ । आर्थिक बर्ष ०७४।०७५ मा आलिताल गाउंपालिका आफैले खरिद गरेको एम्बुलेन्स मर्मत सम्भार गराउनु नसक्दा तिन महिना देखि धनगढीको नेपाल अटो टेडर्समा थन्किएको हो ।

पालिका भित्र संचालनमा रहेका दुई वटा एम्बुलेन्स मध्ये पालिकाको ३,४,५,६,७ र ८ वडाका बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्स बन्द भएको हो । एम्बुलेन्स सेवा अबरुद्ध भए पछि आलितालका जनताले सास्ति भोग्नु परेको छ । एम्बुलेन्सको मर्मत खर्चको लागत स्टिमेट करिब ४ लाख पचास हजार देखिए पछि पालिकामा आर्थिक स्रोत नभएको भन्दै मर्मत सम्भार हुन नसकेको पालिका अध्यक्ष शेर सिं पार्कीले बताएका छन । अध्यक्ष पार्कीका अनुसार पालिकामा आर्थिक स्रोत पनि नभएको र सरकारको नियमानुसार सो एम्बुलेन्सको कुल मुल्यको ५० प्रतिशत भन्दा कम मुल्यको लागतमा मर्मत सम्भार गर्नुपर्ने प्राधान अनुसार सो एम्बुलेन्सको मर्मत खर्च बढी भएकोले मर्मत गर्न नसकिएको बताए ।
उनले भने अब हामीले सो एम्बुलेन्सलाई लिलामी गरेर आउदो आर्थिक बर्षमा नयां खरिद पकृया अगाडी बढाउने योजना समेत रहेको बताए ।

आलितालले अहिले एक सुचना जारी गर्दै जटिलता युक्त,गर्भवति,सर्पदश तथा गम्भिर प्रकृतिका बिरामीहरुलाई एम्बुलेन्स सेवा सुचारु नहुदा सम्म अन्य गाडीको व्यवस्था गरि सेवा लिन अनुरोध गरेको छ भने सो गडीको खर्चको बिल भपाई अनुसार पालिकाले भुक्तानी दिने समेत बताएको छ । तर बिरामीले कुन गाडीको प्रयोग गर्ने भन्ने उल्लेख छैन ।

यस आर्थिक बर्षको श्रावण देखि हिसाब गर्दा एम्बुलेन्सले ५ लाख १० हजार छ सय आम्दानी गरेको स्वास्थ्य समितिका अध्यक्ष तथा वडा न। ८ का अध्यक्ष धन बहादुर देउबाले बताए । उनका अनुसार ५ लाख १० हजार छ सय आम्दानी भएता पनि १ लाख ४८ हजार मात्र नगद संकलन भएको र ३ लाख ६२ हजार एक सय उधारोमा कारोबार भएको बताए ।
उता धनगढीको नेपाल अटो टेडर्सले भने स्टिमेट दिए पश्चात पालिकाले सम्पर्कमा नआएको टेडर्सका संचालकले बताएका छन । उनले भने पालिकाले खर्च स्टिमेट मागेको थियो हामीले गाडी नखोली अनुमानमा ४ लाख ५० हजार भनेका हौ । तेसपछि वहाहरु आउनुभएको छैन । तर खर्च ४ लाख ५० हजार नै लाग्छ भन्ने चाही होइन त्यो गाडीको इन्जन खोले पछि कम लागतमा पनि मर्मत गर्न सकिने समेत उनले बताए ।
अध्यक्ष पार्कीको चुनाबी नारामा भने प्रत्येक एक वडामा एक एम्बुलेन्सको नारा दिएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।