२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

डोटीका यी गाँउ जहाँ सुर्य अस्ताए संगै मोवाईल नेटवर्क पनि अस्ताउछ

धनगढीः डोटीमा मोबाइल नेटवर्क आउन घाम कुर्नुपर्ने अवस्था रहेको छ । जिल्लाका पाँच वटा पालिकामा मोवाईल नेटवर्क आउन लागी घाम कुर्नुपर्ने अवस्था आएको हो । जिल्लाका विभिन्न पालिकाहरुमा साँझ सूर्य अस्ताए पछि विहान नौं बजे सम्म मोवाइलमा नेटवर्क आउदैन ।सायल गाउपालिकामा इन्टरनेट चलाउन अथवा फोनमा कुरा गर्नका लागी घाम आउनु पर्ने अवस्था रहेको गाउँपालिकाकी उपाध्यक्ष निर्मला बोहरा ओलीले बताईन ।

उनका अनुसार घाम लाग्यो भने मात्रै नेटवर्क आउँछ नत्र आउदैन् कार्यालयमा राम्रोसँग काम गर्न नै मिल्दैन् मन्त्रालय र अन्य निकायहरुले इमेलमार्फत पत्राचार गरेका हुन्छन्, नेटवर्कको कारण प्रतिक्रिया नै दिन नसकिने बताइन् ।सायल गाउँपालिकाका उपाध्यक्ष निर्मला बोहरा ओलीले भनीन ‘इमेल हेर्नु प¥यो भने कर्मचारीहरुले ल्यापटप बोकेर डाँडामा जानु पर्छ ।’ ‘बिहान घाम लाग्यो भने मोवाइलमा नेटवर्क आउँछ, साँझ घाम अस्ताउँदा नेटवर्क पनि अस्ताउँने गरेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।

यस्तै,पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले पनि इन्टरनेट सेवा गुणस्तरीय नभएको गुनासो गरे । सामुदायिक विद्यालयहरुमा जडान भएको भायोनेट सेवा दुई महिना पनि नचलेको सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले बताए ।जिल्ला सदरमुकाम रहेको नगरपालिकामा पनि फोन र इन्टरनेट सेवा राम्रोसँग नचल्ने गरेको प्रमुख प्रशासकीय अधिकृत शंकर सूचीकार बताए । गाउँपालिकाका ६ वडामध्ये तीन वडामा मोवाइल नेटवर्कसमेत राम्रोसँग नचल्ने गरेको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहरले जानकारी दिईन ।

सामान्य सूचना आदानप्रदान गर्न पनि इन्टरनेट सेवा प्रभावकारी नभएको अवस्थामा सार्वजनिक सेवा प्रवाहमा विद्युतीय माध्यम प्रयोग गर्न गाह्रो हुने गरेको छ । घाम नलागेको दिन नेटवर्क नआउने हुदा स्थानिय सम्पर्क विहिन हुने गरेका छन् ।दूर सञ्चार सेवा प्रदान गर्ने कम्पनीहरुलाई सेवाको गुणस्तर सुधार गर्न प्राविधरणले निर्देशन दिनु पर्ने जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहको भनाई छ । ‘काठमाण्डौंको अवस्था हरेर बनाइएको दूर सञ्चार नीतिले दुर्गम बस्तीहरुको समस्या समाधान गर्न सक्दैन,’ सिंहले भने, ‘त्यसैले नीतिगत तहमै सुधार हुनु जरुरी छ ।’

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।