२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

कैलालीमा संञ्चालकहरुले बोर्ड नहटाए पछि सरकारी कर्मचारि आफै बोर्ड हटाउदै

धनगढीः कैलालीम मदिराजन्य पदार्थको प्रचार सामग्री हटाउन थालिएको छ। सार्वजनिक सूचना र पत्राचार गर्दा पनि प्रचार सामग्री नहटाइएपछि आजबाट सरकारी टोलीले आफैं हटाउन सुरु गरेको प्रदेश स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरका प्रमुख हेमराज खड्काले बताए। बिहीवारबाट धनगढीका होटेल, पसल र रेष्टुरेन्टमा राखिएका होर्डिङ, पोष्टर र अन्य प्रचारप्रसारका सामग्री हटाउन थालिएको हो।

प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुर, जिल्ला प्रशासन कार्यालय कैलाली, उपभोक्ता हित संरक्षणमा काम गर्ने संस्थाका प्रतिनिधि, जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि सम्मीलित टोलीले धनगढीबाट सुर्तीजन्य र मदिराजन्य पदार्थको प्रचारप्रसारका सामग्री हटाउन थालेको हो।

यसअघि बैशाख १४ गते जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतामा बसेको बैठकले एक हप्ताभित्र सुर्तीजन्य र मदिराजन्य पदार्थको प्रचारप्रसारका सम्पूर्ण सामग्री आफैं हटाउन सार्वजनिक सूचना र पत्राचार गरेको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।