देखेको छु आउन्न भन्नेहरु आएको पनि।
टुकी हुँ सल्काउनु पर्छ निभाएको पनि।
मलाई धकेल्न खोजेको नमजा छँदै छ,
पश्चताप छ तिमीलाई उठाएको पनि।
यहाँ खुट्टा राख्न कहाँ पाइन्छ महोदय ?
भाग्य हो मैले कुरा राख्न पाएको पनि।
मलाई खान खोजेको आगो थियो यो,
अब हेर आगोले पानी खाएको पनि।
एक दुनियाँ बनोस् यहाँ तेरो बिरुद्दमा,
एक दुनियाँ त छ तैँले बनाएको पनि।
प्रदीप रोदन
गोरखा



Views: 246

























