२०८३ असार १५ सोमबार
२०८३ असार १५ सोमबार

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा ः सिंह नियुक्त

डडेल्धुराः सात पहाडि जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मणबहादुर सिंह पुनः नियुक्त भएका छन्। विकास समितिका अध्यक्ष करूणाकर ओझाको तीन वर्षे पदावधि सकिएपछि सिंह नयाँ अध्यक्ष नियुक्त भएका हुन्। सिंहले यो भन्दा पहिले पहिलो कार्यकालका रुपमा काम गरि सकेका थिए । उनी यो सँगै अस्पतालको अध्यक्षमा दास्रो पटक नियुक्त भएका हुन् ।

प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रीस्तरको यहीँ वैशाख १७ गतेको निर्णयअनुसार वैशाख २३ गतेदेखि लागू हुने गरी सिंहलाई अध्यक्ष नियुक्त गरिएको जनाइएको छ।

डडेल्धुरा अस्पतालमा सिंहको यो अध्यक्षको रूपमा तेस्रो कार्यकाल हो। उनलाई अध्यक्षमा नियुक्त गरेको आधिकारिक पत्र बिहीबार मात्रै अस्पतालमा पुगेको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल विकास समितिको सदस्यमा तेजबहादुर साउँद पनि मनोनित भएका छन्।

डडेल्धुरा अस्पताल संघीय सरकारको मातहतमा रहेको सुदूरपश्चिमको एक मात्र अस्पताल हो। नवनियुक्त अध्यक्ष सिंह नेकपा (माओवादी केन्द्र) डडेल्धुराका नेता समेत हुन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।