अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी को नगर सभापतिमा गोदावरी -२ का युबा दिपक ओझा चयन भएका छन् ।



आइतबार अत्तरिया मा भएको नगर सम्मेलन ले ओझालाई सर्ब सम्मत रूपमा अध्यक्ष चयन गरेको हो । यस्तै समिति को उपाध्यक्ष मा सरस्वती कुमारी धामी , सचिब मा मानदेब पनेरु चयन भएका छन् ।
ओझा बिगत लामो समय देखि सामाजिक संस्था 3 DVL क्रियसन, सहकारी र संचार क्षेत्रमा मा आबद्ध थिए । ओझा संगै अत्तरियाको अग्रणी ट्रेनिङ संस्था प्लानेट भिटी का संस्थापक पुष्कर शर्मा जोशी र उनको समुह पनि रास्वपामा सकृय हुने भएको छ ।
यस अघि उक्त समुहले स्वतन्त्र रूपमा नै यस क्षेत्रमा विभिन्न सामाजिक मुद्दा उठाउँदै आएको थियो ।
नगर सम्मेलनमा रास्वपा का प्रदेश अध्यक्ष इन्जिनियर प्रकाश बहादुर बिष्ट , प्रदेश उपाध्यक्ष सृष्टि महरा ,प्रदेश कोषाध्यक्ष जसु भट्ट लगाएतको सहभागीता रहेको थियो ।
बक्ताहरुले गोदावरीमा रास्वपा मा संगठित हुने क्रम बढेकाले आगामी २०८४ को निर्बाचनलाई केन्दृत गरेर आफ्ना अभियान अघि बढाइने बताएका छन् ।

























