डडेल्धुराः सुदुरपस्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,प्रादेशिक कार्यक्रम कार्यन्वयन एकाई प्रादेशिक कार्यक्रम कार्यन्वयन एकाई धनगढी,कैलाली बिच नविनतम (नबप्रबर्धन) साझेदारी कोष कार्यक्रम र नौगाड गाउँपालिका दार्चुलाको आर्थिक तथा प्राविधिक साझेदारीमा नौगाड गाउँपालिकाको सहजीकरणमा युवा उद्यमशिलता तथा मौरीपालन व्यवसाय प्रवर्द्धन कार्यक्रम सुरु भएकोछ ।



कार्यक्रममा नौगाड गाउपालिकाको वडा ३ र ४ का २० जना माहुरि पालक किसानहरुलाई नौगाड गाउपालिकाको सभाहलमा तालिम दिईएको कृषि हाखा प्रमुख प्रकाश धामीले बताउनुभयो । यस्तै वडा नंम्बर ५ का २० जना माहुरि पालक किसानहरुलाई बगडमा र नौगाड ६ का २० जना माहुरिपालक किसानहरुलाई धुलिगडामा गरि पालिकाको तालिम सुरु भएको हो तालिम यहि १६ गते बाट सुरु भएको हो ।
पालिकाभरीका ६० जना मौरीपालन कृषकहरुलाई ७ दिने मौरीपालन सीप विकास तालिमको औपचारिक उद्घाटन पालिकाको सभाहलमा गरिएको थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद चपाई ,वडा नंम्बर ५ मा वडा अध्यक्ष राम सिह धामी र वडा नंम्बर ६ का वडा अध्यक्ष राजेन्द्र सिह बोहरा बाट औपचारिक घाटन भएको हो ।
तालिम प्रक्षिक्षकको रुपमा नवलपरासी गैडाकोटका सागर मौरी पालन फर्मका प्रबन्धक निर्देशक करुणा सागर सुवेदी,प्रकाश अधिकारी र शिशिर रेग्मी छन ।
तालिम बाट पालिकाका मौरि पालक किसानहरुले राहत पाउने र सिकेको सिपलाई व्यवहारमा उतारेर मह उत्पादनमा बृद्धि हुनेमा ढुक्क रहेको शाखा प्रमुख धामीको बुझाई छ ।

























