२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाण्डौ – सरकारले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई नगद पुरस्कार दिने निर्णय गरेको छ । आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले एसीसी प्रिमियर कप खेलेका राष्ट्रिय टोलीका हरेक खेलाडी र मुख्य प्रशिक्षकलाई छ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको हो । यस्तै अफिसियल लाई तीन लाख रुपैयाँका दरले प्रोत्साहत रकम दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यस्तै सरकारले नेपाली क्रिकेटले पाएको सफलताले नेपालको गौरव बढेको निष्कर्ष निकाल्दै त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिका लागि आउँदो बजेटमा विशेष प्राथमिकता दिने पनि निर्णय गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।