२०८३ श्रावण ३१ आईतवार
२०८३ श्रावण ३१ आईतवार

गाँजा बैधानिकताका लागि नेपाल फार्म व्यवसायी संघको फैसला भेला हुने ः के छन गाँजाका फाईदा र बेफईदा

डडेल्धुरा – नेपालमा गाँजा ले बैधानिकता पाउनु पर्छ भनेर देशभरनै अभियान चलिरहेकोछ । नेपाल फार्म व्यवसायी संघले नेपालको आर्थिक सम्बृद्दीका लागि गाँजा बैधानिकताको नारा सहित अभियान चालेको ५ बर्ष भएकोछ ।
सर्वोच्च अदालतले गाँजा नियमनका लागि कानुन बनाउन आवश्यक छैन भने त्यसको कारण दिन सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । गत चैत्रको बिहीबार सर्वोच्चले सो आदेश दिएको अधिवक्ता सरोज अधिकारीले जानकारी दिए ।
अधिवक्ता अधिकारी र नेपाल फार्म व्यवसायी संघका अध्यक्ष ऋगेन्द्र गिरीले गाँजा खुला गर्नुपर्ने माग गर्दै दायर गरेको रिटमाथि सर्वोच्चले सो आदेश दिएको हो ।

लागू औषध नियन्त्रण ऐन २०३३ मा औद्योगिक र औषधीय प्रयोजनका लागि गाँजा खेती तथा नियमन गर्न सरकारले नियम बनाउने व्यवस्था भए पनि सोको कार्यान्वयन नभएको भन्दै नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सहित १३ वटा सरकारी निकायलाई विपक्षी बनाई मुद्दा दायर गरिएको थियो ।
 ➡ के छन गाँजाका फाईदा अनि बेफाईदा
गाँजा फाइदाजनक छ या छैन भन्ने विषयमा वैज्ञानिकहरूबीच नै विवाद छ । यस सन्दर्भमा भएका करिब पाँच दर्जनभन्दा बढी अनुसन्धान अध्ययन गर्दा ६ सय ८५ तथ्यले गाँजाको फाइदाको पक्षमा वकालत गरेका छन् । २ सय ३५ तथ्यले तटस्थ र ८५ तथ्य बेफाइदामा देखिएका छन् ।

गाँजालाई औषधिका रूपमा नियन्त्रित तवरले प्रयोग गर्दा स्वास्थ्यको क्षेत्रमा फाइदा पुर्‍याउने देखिन्छ । साथै यसमा केही बेफाइदा पनि जोडिएका छन् ।

गाँजा ‘म्यारुवाना’ का रूपमा विश्वबजारमा प्रख्यात छ । यसमा १ सयभन्दा बढी रसायन तत्त्व पाइन्छन् । गाँजामा पाइने टेट्राहाइड्रो क्यानाबिनोल ९त्ज्ऋ० र क्यानाबिडोल तत्त्वलाई औषधिका रूपमा प्रयोग गरिएको पाइन्छ । टीएचसीले गाँजा सेवन गर्दा अलौकिक संसार पुगेको महसुस गराउँछ । त्यसैले गाँजा सेवन गर्दा मस्तिष्क आफ्नो काबुमा कमै हुने गर्छ । अल्जाइमर, पाचन प्रक्रियाको समस्या, एनोरेजिया, छारेरोग, सिजोफ्रेनिया, दीर्घकालीन मांसपेशीको दुखाइ कम गर्न, क्यान्सरका ट्युमर कोषिकालाई मार्न गाँजाको सीमित प्रयोग गर्न सकिने वैज्ञानिक तथ्यले बताएको छ । गाँजाको दानालाई अचारका रूपमा प्रयोग गर्दा पाचन प्रक्रियामा सहयोग पुर्‍याउँछ ।

धूमपानजस्तै गाँजालाई पनि सल्काएर प्रयोग गरिने प्रचलन बढ्दै गएकाले यसले फोक्सोमा भएका एलभियोलाई खुम्च्याउने, श्वास–प्रश्वासमा समस्या पुर्‍याउने, मुटुको धड्कन बढाउने, आँखा रातो र ठूलो हुने र रक्तचाप कम हुने गर्छ । यसैगरी यसको अधिक सेवनले मानसिक रोग, डिप्रेसनको सिकार हुने जस्ता बेफाइदा पनि देखिन्छ ।

आयुर्वेदमा गाँजालाई उप–विषको हिसाबमा लिइन्छ । जुनसुकै उपविषलाई शुद्धीकरण गरेर मात्र प्रयोग गरिन्छ । यसका लागि गाँजालाई एउटा कपडामा बाँधी दूधमा माथिबाट राखेर पकाइन्छ । दुई–तीन घण्टा पकाएपछि पानीले पखालेर सुकाउनुपर्छ । त्यसपछि गाईको घिउमा भुटेर प्रयोग गर्नुपर्छ । यसो गरेमा गाँजामा हुने मादकता कम हुन्छ । यसले निद्रा पनि राम्रो लाग्छ ।

यस्तो गाँजा दिनहुँ २ सय ५० देखि ५ सय मिलिग्रामसम्म (एक रति) खान सकिन्छ । यसरी नियमित खाँदा पनि लाग्दैन । आयुर्वेदिक औषधि बनाउँदा गाँजाको प्रयोग पनि गरिन्छ । शीघ्र स्खलन, पखाला लागेको, अनिद्रामा पनि यसले फाइदा पुर्‍याउँछ । सम्बन्धित चिकित्सक तथा सम्बन्धित साधकसँगको सल्लाह तथा निगरानीमा मात्र यसको सेवन गर्नु उपयुक्त हुन्छ ।

फाइदा र बेफाइदा

डा. विनोद घिमिरे

गाँजालाई चेतनाको फरक अनूभूतिका निम्ति प्रयोग गर्ने गरेको पाइन्छ । दिमाग शान्त र पीडारहित पार्ने माध्यमका रूपमा पनि गाँजा प्रयोग भइरहेको देखिन्छ । शिवरात्रिमा शिवको प्रसादका रूपमा गाँजालाई लिइने परम्परा पहिलेदेखि नै रहिआएको छ । त्यसैले यो दिन मिठाई वा लड्डुमा गाँजा राखेर खाने परिपाटी रहिआएको छ । नेपालमा धेरैजसोले एडिक्सनका हिसाबले चुरोटमा राखेर खाने गर्छन् ।

फाइदा

 गाँजामा २ सय रसायन हुन्छन्, जसमध्ये टिएचसीले भावना परिवर्तन हुने, मुड फ्रेस गराउने र धारणा परिवर्तन गराउने काम गर्छ ।

 डिप्रेस भएको मानिसलाई सुरुमा ‘हाइ’ हुन्छन् । त्यसपछि उनीहरूको ‘मुड फ्रेस’ हुन्छ ।

 कम समयलाई पनि लामो महसुस गराउँछ ।

 गाँजाले खानेकुरामा रुचि बढाउँछ । एचआईभी एड्स लागेकाहरूलाई खानाको रुचि कम हुन्छ, उनीहरूलाई खानाको रुचि बढाउन पनि गाँजा सहयोगी हुन्छ भन्ने धारणा रहेको छ ।

 आँखाको प्रेसर पनि कम हुन्छ ।

– जोर्नीको पीडा र दिसासम्बन्धी समस्यामा फाइदा पुर्‍याउँछ ।

 पाचनप्रणाली राम्रो हुन्छ । छारेरोगीलाई पनि फाइदा पुर्‍याउँछ ।

 क्यान्सरमा किमोथेरापीपछि हुने बान्तालाई पनि यसले कम गर्छ भन्ने मान्यता रहिआएको छ ।

 गाँजा खाएर झैझगडा गर्ने कम हुन्छन्, सिर्जना पनि प्रस्फुटन हुन्छ ।

बेफाइदा

 लामो समयसम्म गाँजा प्रयोग गर्दा मानसिक रोग लाग्न सक्छ ।

 यसको प्रयोग निरन्तर गरेमा तौल कम हुन्छ ।

गाँजा तथ्य

विपिन कार्की (डाइटिसियन)

 पहिले गाँजा भन्नासाथ नकारात्मक रूपमा र खतरनाक लागू औषधका रूपमा लिइने भए पनि समयसँगै यो अवधारणा परिवर्तन भएको छ ।

 नेपालमा अहिले पनि गाँजालाई लागूऔषधका रूपमा हेरिन्छ । गाँजा भन्नासाथ नाक खुम्च्याउने परिपाटी अहिले पनि कायम छ ।

 जबदेखि मानिसलाई गाँजाबारे थाहा भयो, तबदेखि नै यसको प्रयोग तथा ओभर डोजबाट कसैले पनि ज्यान गुमाएका छैनन् ।

 सन् २०१० मा ल्यान्सेटमा प्रकाशित लेखअनुसार ड्रग एक्स्पर्टले गरेको अध्ययनअनुसार चुरोट र रक्सीको असरभन्दा गाँजाको असर तुलनात्मक रूपमा कम हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार गाँजा वा भाङमा औषधीय गुण हुन्छन् । विश्वका करिब २ दशमलव ५ प्रतिशत जनसंख्याले गाँजा वा भाङ खान्छन् ।

गाँजा खाएपछि सिर्जनामा केन्द्रित हुन सहज हुने भएकाले धेरै गायकले पनि यसको प्रयोग गर्ने गरेका छन् ।

गाँजाको हेम्स प्लान्टबाट लुगा बनाउन सकिन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।