२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने गरेको भन्दै देउवाले निकालिन प्रेस विज्ञप्ती

डडेल्धुरा – नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य डा. आरजु राण (देउवाले आफु माथि व्यक्तिगत र राजनितीक चरित्र हत्या गरेको भन्दै प्रस विज्ञप्ती निकालेकी हुन् । मंगलवार उनले सामाजिक संञ्जालमा प्रस विज्ञप्ती सेयर गरेकि छिन् । उनले लेखेकि छिन् ः
प्रेस विज्ञप्ती
पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले मलाई लक्षित गरेर निराधार र कपोकल्पीत आरोप लगाउदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हरेक व्यक्तिलाई आफ्नो बिचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ, तर कसैलाई पनि कोही विरुद्ध आधारहिन गालि गलौज र लान्छाना लगाउने अधिकार छैन ।
नियोजीत रुपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले संचार माध्याममा अन्तर्वार्ता दिदै म विरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ। तथ्यमा रहेर कसैको हस्तक्षेप बिना विचार राख्ने र मिडिया मार्फत सूचना र विचारहरू दिन सकिन्छ तर नियोजीत रुपमा म बिरुद्ध व्यक्तित मानर्मदन गर्ने र हुदै नभएका आधारहिन बिभिन्न बिबादहरुमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरुको व्यक्तिगत रिस, कुण्ठा र आबेगमा सम्पूर्ण संचार माध्यम र संचारकर्मीहरुले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
हरेक जसो अन्तवार्तामा केही व्यक्तिहरु नियोजीत रुपमै मेरो बिरुद्ध व्यक्तिगत गालीगलैज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहिन, निराधार, तथ्यहिन र चरित्रहत्या गर्ने दुसित उदेश्य बमोजिम आएका आरोपलाई स्थान नदिन पनि सबै आम संचारमाध्यमलाई आग्रह गर्दछु।
जय नेपाल ।
डा.आरजु राणा (देउवा)
प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य, नेपाली कांग्रेस
मिति ः २०८० बैशाख १९ गते

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।