२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

सौभाग्य हस्पिटल र महिला लघुवित्त बिच स्वास्थ्य सेवामा छुट दिने सहमति

धनगढी,७ वैशाख । धनगढीको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरले महिला लघुवित्त वित्तीय संस्था सुदूरपश्चिम अन्तरगतका शाखा कार्यालयमा आबद्ध सदस्यहरूलाई उपचार शुल्कमा छुट दिने भएको छ।

बिहीबार सौभाग्य हस्पिटल र महिला लघुवित्त वित्तीय संस्था धनगढीबीच उपचार शुल्कमा छुट दिने सम्झौता पत्र आदानप्रदान भएको हो। हस्पिटल सञ्चालक समितिका अध्यक्ष दिनेशराज जैशी र लघुवित्तका  प्रदेश प्रमुख नारद न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

यो सँगै अब सौभाग्य हस्पिटलमा लघुवित्तमा आबद्ध ग्राहक सदस्य र सदस्यको एकाघर परिवार र कर्मचारी तथा लगानीकर्ताहरूले उपचार शुल्कमा छुट पाउने भएका छन् । अस्पताल सञ्चालक समितिका अध्यक्ष जैशीका अनुसार ओपिडीमा १५ प्रतिशत , प्याथोलोजी, एक्स–रे, युएसजी,इण्डोस्कपी , नर्मल वेड, एचडियु बेड, एसी क्याबिन , सर्जरी , क्लोनोस्कपी र आईसियु/ एनआईसियुमा १० प्रतिशत तथा मेडिकल चेकअपमा ५ प्रतिशत छुट दिने सहमति भएको हो ।

बिशेष गरि महिला लघुबित्त वित्तीय संस्था लि. सुदुरपश्चिम अन्तरगतका शाखा कार्यालयमा आबद्ध सदस्यहरुका लागि यो सम्झौता गरिएको हो । उत्त सम्झौताले महिला लघुवित्त बित्तीय संस्था लि.मा आबद्ध महिला सदस्य तथा सदस्यका एकाघर परिवारलाई थोरै भए पनि राहात मिल्ने तथा सदस्यमा महिला लघुवित्त प्रतीको बिश्वासमा समेत विकास हुने प्रदेश प्रमुख न्यौपानेले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।