२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

सायल गाउँपालिका उपाध्यक्षकै कीर्ते हस्ताक्षर गरेर भुक्तानी 

डोटी -डोटीको सायल गाउँपालिकाका उपाध्यक्ष निर्मला बोहरा ओलीले आफ्नो हस्ताक्षर कीर्ते गरेको आरोप लगाएकी छन् ।

गाउँपालिकामा निर्माण भइरहेको १० शय्याको अस्पतालको फिल्ड निर्माण कार्यको भुक्तानी दिँदा आफ्नो कीर्ते हस्ताक्षर गरिएको उपाध्यक्ष ओलीले बताइन् । ‘अस्पतालको फिल्ड निर्माणको काम सम्पन्न भएको भनी तयार गरिएको प्रतिवेदनमा मेरो नक्कली हस्ताक्षर गरिएको रहेछ’ उनले भनिन्, ‘मलाई यस बिषयमा कुनै जानकारी नै छैन ।’

आफूले सो बिषयमा गाउँ कार्यपालिकामा समेत कुरा उठाएको र कार्यपालिकाले छानबिन गर्ने निर्णय गरेको उपाध्यक्ष ओलीले बताइन् । ‘कहिले भुक्तानी दिइयो, कति भुक्तानी दिइयो, कसले अनुगमन ग¥यो भन्ने मलाई थाहा छैन’ गाउँपालिकाको अनुगमन तथा सुपरीपेक्षण समितिका संयोजक समेत रहेकी उपाध्यक्ष ओलीले भनिन् ‘मेरो कीर्ते हस्ताक्षर भएको छ, यस बिषयमा छानबिन हुनुपर्छ भन्ने मेरो माग हो ।’ उनले कीर्ते हस्ताक्षर गरेर रकम भुक्तानी भएकोमा आफ्नो कुनै गल्ती नभएको र सम्बन्धित पक्षले जिम्मा लिनुपर्ने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्ट अस्पताल निर्माण कार्य सम्पन्न भएको भनी कार्यालयमा पेश भएको अनुगमन प्रतिवेदनमा प्रयोग भएको आफ्नो हस्ताक्षर नक्कली भएको उपाध्यक्षले दावी गरेको बताए ।

उहाँले त्यो हस्ताक्षर मेरो होइन, यस बिषयमा छानबिन हुनुपर्छ भन्नुभएको छ’ प्रमुख प्रशासकीय अधिकृत भट्ट भन्छन् ‘प्रतिवेदनमा उहाँको पनि हस्ताक्षर देखिन्छ, तर उहाँकै हो कि नक्कली हो भन्ने कुरा छानबिन गरेपछि बाहिर आउँछ ।’

भट्टले अनुगमन समितिबाट प्रतिवेदन आएपछि २०७९ साल असार २५ गते उपभोक्ता समितिको खातामा जम्मा हुने गरी ८ लाख रुपैयाँ भुक्तानी भएको जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।