२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । आउँदो मङ्गलवारदेखि हुने प्रतियोगिताका लागि क्यानले आइतवार १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

प्रतियोगितामा नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । टोलीमा पौडेलसँगै कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी रहेका छन् । यस्तै अर्जुन साउद सन्दीप जोरा सूर्य तामाङ र किशोर महतोलाई रिजर्भु खेलाडीमा राखिएको छ ।

एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

अजयमेरु गाँउपालिका पञ्जिकरण शाखा ,भद्रपुर डडेल्धुराको सुचना
अजयमेरु गाँउपालिका पञ्जिकरण शाखा ,भद्रपुर डडेल्धुराको सुचना

समूह एु मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् । समूह बीु मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मुलपानीमा खेल्नेछ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्दै सुरुवात गर्नेछ ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।