डडेल्धुरा (दिपकराज भट्ट) – डडेल्धुराको भागेश्वर गाउपालिकका १४ जना अपाङग लाई आर्थिक सहयोग गरिएकोछ । भागेश्वर गाँउपालिका वडा नंम्बर ४ चुल्ल घर भएकि गीता भट्टको संयोजनमा आर्थिक रकम सुदुरपश्चिमेली नेपाली समाज साउदी अरवका अध्यक्ष खेमराज भट्टको पहलमा रकम संकलन गरएिको थियो । भागेश्वरका १४ जना अपाङग लाई रु एक लाख हस्तान्तरण गरिएको हो ।
आज (शुक्रबार) एक औपचारिक कार्यक्रमका बिच रकम हस्तान्तरण गरिएको हो । पालिका केन्द्र बगरकोटमा औपचारिक कार्यक्रम गरिएको थियो । औपचारिक कार्यक्रममा प्रमुख अथिती पालिका उपाध्यक्ष पुस्पा ठकुराठी , अथितीमा पालिका प्रमुख खगेन्द्र भारती, स्वास्थ्य शाखा प्रमुख मान बहादुर शाहु, पालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा अपाङगहरुले सहयोगी मनहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा बोलदै प्रमुख अथिती रहनु भएका ठकुराठी ले भन्नुभयो हामीले अपाङगहरुका लागि पालिका बाट सक्दो सहयोग गर्नेछौ र यसरि सामाजिक भावना राखेर सहयोग गरेकोमा सहयोगी दाताहरु लाई धन्यवाद दिन चाहान्छौ । कार्यक्रममा बोल्दै पालिका प्रमुख भारतीले भन्नुभयो यो अभियानले सकारात्मक सन्देशका साथै सिकाई पनि गरेकोछ । यी र यस्ता अभियान समाजका लागि खाँचो हुन्छन हामी सबैले अपाङग लाई समान रुपमा हेर्न जरुरि हुन्छ । सहयोगी मनलाई धन्यवाद दिन चाहान्छौ ।
कअभियानको बारेमा प्रकास पार्दै संयोजक गिताले भनिन् यस अघि पनि मैले न्यानो लुगा वितरण गरिसकेकी छु यो मेरो दास्रो अभियान हो मैले सहयोगी मनहरुको सहकार्य र उनीहरुकै सहयोगले गर्दा अभियानलाई निरन्तरता दिन सकेकी छु धन्यवाद दिन चाहान्छौ सहयोगीहरु लाई । हाम्रो सानो सानो सहयोगले पनि पिडितलाई राहत हुनेमा म विस्वस्त रहेकी छु ।




























