२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

सेती प्रादेशिक अस्पतालमा कर्मचारी भर्नामा शक्ति केन्द्रहरुको दवाव

सेती प्रादेशिक अस्पतालको कर्मचारी भर्ना प्रकृयामा आफ्ना मान्छेलाई नियुक्त गर्न चौतर्फी दवाव परेको छ ।अस्पतालले बिभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो ।

अस्पतालले बिशेषज्ञ चिकित्सक, नर्स, अनमी, एचए, रेडियोलोजिष्ट, ल्याव टेक्निसियन लगायतका पदमा कर्मचारी भर्नाका लागि आह्वान गरेको दरखास्तमा १०८० जनाले निवेदन दिएका थिए ।

कर्मचारी भर्नाका लागि निवदेन परेसंगै अस्पताल प्रशासनलाई आफ्ना मान्छे भर्ना गर्न चौतर्फी दवाव परेको हो ।
तर अस्पताल प्रशासन भने कसैको करकाप, दवाव र प्रलोभनमा नपरी निष्पक्ष र स्वतन्त्र ढंगले कर्मचारी भर्ना गर्ने प्रकृया अघि बढाउने अडानमा छ ।

अस्पताल स्रोतका अनुसार अस्पताल विकास समितिका अध्यक्ष, प्रदेश सरकार र लगायत बिभिन्न पक्ष र शक्तिकेन्द्रले आफ्ना मान्छे भर्ना गर्न दवाव दिदै आएका छन् । निवदेन दिएका मध्ये अधिकांशले बिभिन्न शक्तिकेन्द्र मार्फत अस्पताललाई दवाव दिएको स्रोतले बतायो ।

कतिपय निवेदनकर्ताका लागि त थुप्रै व्यक्ति र शक्ति केन्द्रबाट दवाव आएको छ, अस्पताल प्रशासन स्रोतले भन्यो, कसैको दवावमा नपरी सामाजिक विकास मन्त्रालयको निर्देशिका अनुसार निष्पक्ष ढंगले कर्मचारी भर्ना गर्ने कुरामा हामी दृढ छौ ।

आफ्ना मान्छेहरुलाई भर्ना गर्न नसकिने भएपछि कतिपय शक्तिकेन्द्रहरुले हाललाई भर्ना प्रकृया नै स्थगित गर्न समेत दवाव दिएको स्रोतले बतायो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।