२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

सुदूरपश्चिमकै पहिलो महिला सिडिओ जोशी

काठमाडौँ – उपसचिव किरण जोशी सुदूरपश्चिम क्षेत्रबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी९प्रजिअ० बनेकी छन् । कञ्चनपुरमा जन्मिएकी जोशी सुदूरपश्चिमबाट पहिलो महिला सिडिओ बनेकी हुन् ।

कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट जिल्ला प्रशासन कार्यालय दार्चुलामा सरुवा भएसँगै उनी सुदूरपश्चिमबाट पहिलो महिला सिडिओ बनेकी हुन् । गृह मन्त्रालयको २०७९ चैत्र ९ गतेको निर्णय अनुसार उनलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको हो । शुक्रवार सरुवाको पत्र पाएकी उनी एक दुई दिनमै जिल्ला जाने तयारीमा छन् ।

सुदूरपश्मिबाट पहिलो महिला सिडिओ बन्न सफल भएकोमा खुसी लागेको उनले बताइन् । २०६१ सालमा खरिदारबाट निजामती सेवा प्रवेश गरेकी जोशीको पहिलो पोस्टिङ जिल्ला शिक्षा कार्यालय बैतडीमा भएको थियो । जोशीले २०६२ सालमा नायब सुब्बा, २०६७ सालमा अधिकृत र २०७७ सालमा उपसचिवमा नाम नाम निकालेकी थिइन् ।

जोशी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं.१८ मा जन्मिएकी हुन् । उनको कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ का सिद्धराज जोशीसँग विवाह भएको थियो । जोशीका श्रीमान् पनि उपसचिव नै छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।