डडेल्धुरा – चैत्र ८ गते सम्पन्न भएको स्ववियु निर्वाचनमा सचिवमा पराजित करन भाटले पराजित भए पनि बिद्यार्थीका हक हित तथा सुधारका लागि सधै लागिरहने बताउछन् ।
निर्वाचनमा पराजित भएपनि बिद्यार्थीको हक हितका लागि आवाज बुलन्द पारी रहेने अखिल क्रान्तीकारीको तर्फबाट सचिव पदका उमेद्वार भाटले प्रतिबद्धता जनाएका हुन्।
शुदुरपश्चिम बिश्वबिद्यालयको आंगिक क्याम्पस त्रिबेणी बहुमुखी क्याम्पस जोगबुडामा स्वबियु निर्वाचनमा भाग लिदै गर्दा आफुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगिमा धन्यवाद समेत ज्ञापन गर्नुभएको हो । आफुलाई अमुल्य मतदान गरी बिश्वाश गर्नुहुने क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई धन्यवाद दिनुभएको छ । आफु पराजित भएपनि बिश्वाशका साथ आफुलाई मतदान गर्नुहुने बिद्यार्थी र क्याम्पस सुधारका लागि आफुले निरन्तरता दिने बताए ।
उहाँ भन्नुहुन्छ
“सबैमा अभिवादन तथा नमस्कार, सम्पुर्ण बिद्यार्थी साथीहरू तथा पृय मतदाताहरुमा हार्दिक नमन । मलाई बिश्वास गरेर मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुमा कहिले पनि हामी कत्ति पनि नडगमगाई हामी तपाईंलाई निराश नपार्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु । हामी कुनै तडक भडक नगरी स्वच्छ प्रतिस्पर्धामा लड्नु नै हाम्रो ठूलो जित हो । इतिहास जित्नेहरुको मात्रै होइन इमानदारीको साथ सभ्य र हिम्मत बहादुरीको साथ लड्नेहरुको पनि पक्कै पनि एकदिन सम्मान हुनेछ । मलाई यस निर्वाचन अबधिभर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण बिद्यार्थी तथा नेतृत्व पंक्तिहरुलाई म त्यो स्थानमा पुग्न नसके पनि हजुर जतिले मलाइ बिश्वास गरेर अगाडी बढाउनु भयो त्यसको लागि म आभार प्रकट गर्दछु । फेरि पुन म बिद्यार्थी हक हितको लागि हजुर हरुको अधिकारलाई आबाज उठाउने छु र हाम्रो प्रतिबद्धतामा भएको एजेन्डाको लागि पहल गर्ने गरि हजुरहरुको बिश्वासलाई कमि हुन दिने छैन चुनाव हारेपनी बिद्यार्थीको मन जितेका छौ सबैलाइ फेरि हार्दिक धन्यवाद ।”



त्रिबेणी बहुमुखी क्याम्पस जोगबुडामा सम्पन्न भएको स्वबियु निर्वाचनमा नेपाल विद्यार्थी संघका गौरा बोहरा खसेको मतको १८१ मत ल्याउदै प्यानल सबै विजयी भएका थिए । क्पाम्पसमा अनेरास्ववियुका दान बहादुर बोहराले १२४ मत र अखिल क्रान्तिकारीका भोज लोहारले ६८ मत प्राप्त गरेका थिए भने सचिव पदमा विजयी पवन ऐरले १६९ मत पाउदा प्रतिद्वन्दि उमेदवार भाटले १०४ मत प्राप्त गरेका थिए । तेस्तै अनेरास्ववियुका वसन्ति कार्कीले ९५ मत प्राप्त गरेका थिए ।

























