२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

मौलिकता जोगाउँदै डडेल्धुराको रुपाल भागेश्वर समाजको होली

दीपकराज भट्ट

डडेल्धुरा ः रंगहरुको पर्व होलीको अवसरमा पहाडी जिल्ला डडेल्धुरामा मौलिक कार्यक्रमको आयोजना गरिएको छ । भागेश्वर रुपाल होली समाजले डडेल्धुरामा होली कार्यक्रमको आयोजना गरेको हो । प्रविधिको विकाससँगै मौलिकता हराउदै गएको समयमा युवा पिँढीलाई जागरुक बनाउने उदेश्यले मौलिक होली कार्यक्रमको आयोजना गरिएको रुपालका तारासिंह ठकुराठीले बताए । यसवर्ष डडेल्धुरा सदरमुकामको बजार क्षेत्रमा होली कार्यक्रमको आयोजना गरिएको ठकुराठीले जानकारी गराएका छन् ।

पछिल्लो समय होलीमा युवा पिँढीले विभिन्न उछृङ्खल गतिविधि गर्न थालेपछि मौलिकता हराउँदै जाने चिन्ता बढेको रुपालका युवा हरिश महरले बताए । डडेल्धुरामा रुपाल भागेश्वर होली समाजले वर्षेनी होली खेल्दै आएको छ भने यस समाजले युवा पिँढीलाई होलीको मौलिकता पस्कदै आएको छ ।

होलीमा ढोल बाजाको धुनसँगै मौलिक होली गीतका भाकाहरु अगुवाले गाउँछन् भने अगुवासँगै स्वरमा स्वर मिलाएर अरु सदस्यहरुले गीत गाउदै एक–अर्कालाई स्नेहपूर्वक रंग लगाइदिने गर्दछन् । तर पछिल्लो समयमा युवा पिँढीहरुले होलीको मौलिकतालाई बिर्सर्दै गएकोमा चिन्ता लागेको भागेश्वर ४ का शिक्षक भुवनराज भट्टले दुखेसो पोखे । युवा पिँढीलाई होलीको मौलिकता बारेमा जानकारी गराउन स्थानीय पाठ्यपुस्तकमा नै समावेश गर्नुपर्ने उनको बुझाइ छ । होली नेपाली पहिचान र सभ्यताको पर्व समेत भएको उनी बताएछन् । डडेल्धुरामा रुपालको होली प्रख्यात होलीको रुपमा चिनिदै आएको छ ।

रुपाल भागेश्वरबाट बसाइसराइ गरेर स्वदेश तथा विदेशका विभिन्न ठाउँमा पुगेका रुपालवासीहरुले होली पर्वको मौलिकतालाई अहिलेसम्म जोगाइराखेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।