डडेल्धुराः बदेलको आक्रमणबाट डडेल्धुरामा एक जनाको ज्यान गएको छ। डडेल्धुराको अमरगढी नगरपालिका–३ डोटी घटालस्थित गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको ज्यान गएको हो। आइतबार बिहान पल्ले बदेलको आक्रमणमा परेका थिए । बिहान खेतमा गोरु डो¥याउन गएको बेला बदेलको आक्रमणबाट परेका थिए। स्थानीयका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो। यता, डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले घाइते पल्लेको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको बताए। मृतक पल्लेको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ।
बदेलको आक्रमणले मानिसको ज्यान नै गएपछि स्थानीय त्रसित बनेका छन्।



Views: 207

























