२०८३ श्रावण ३० शनिबार
२०८३ श्रावण ३० शनिबार

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु

काठमाडौँ,१७फागुन। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ।

निर्वाचन आयोगका अनुसार बुधबारदेखि चैत ५ गतेसम्म आचारसंहिता कायम रहनेछ।यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति निर्वाचन हुँदैछ। त्यसैलाई मध्यनजर गर्दै आयोगले आचारसंहिता लागु गरेको हो।

आयोगका अनुसार ११ व्यक्ति, संघसंस्था र निकायलाई आचारसंहिता लागु हुनेछ। नेपाल सरकार, प्रदेश सरकार, कर्मचारी, सुरक्षाकर्मी, सञ्चार प्रतिष्ठान, राजनीतिक दल, राजनीतिक दलका भ्रातृ संघसंस्थाले आचारसंहिता पालना गर्नुपर्ने हुन्छ।

सरकारले पनि कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न पाउने छैन। यस्तै कुनै पनि आयोजनाको शिलान्यास तथा उद्घाटन वा सर्भेलगायत गर्न रोक लगाइएको छ।

यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि भएको मनोनयनमा नेपाली कांग्रेससहित ८ दलको समर्थनमा रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।