२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

डोटीमा जीप दुर्घटना हुँदा दुईको ज्यान गयो : ६ जना घाइते

डोटी – डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेमा केआईसिंह–१ महादेवका ३६ वर्षका चालक गोविन्द शाही र केआईसिंह–२ जारिमभाडीका ४१ वर्षका धनबहादुर तिरुवा रहेका छन् ।

दुर्घटनामा केआईसिंह गाउँपालिका डुम्राकोटका २७ वर्षीय तेज तिरुवा, उहाँकी श्रीमती २६ वर्षीया राधा तिरुवा, समिर तिरुवा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र मिन लुहार घाइते भएका छन् । घाइतेको दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

दिपायलबाट घाँटलायाका लागि छुटेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जीप लोलीमा गएराति दुर्घटना भएको हो ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।