२०८३ जेष्ठ २५ सोमबार
२०८३ जेष्ठ २५ सोमबार

शिवशिखर सहकारीका सञ्चालकलाई खोज्न प्रशासनले दियो प्रहरीलाई निर्देशन

धनगढी ः जिल्ला प्रशासन कार्यालय कैलालीले शिवशिखर बहु उद्देश्यीय सहकारी संस्था लिमिटेड सेवाकेन्द्र धनगढीका सञ्चालक र कर्मचारीलाई खोज्न प्रहरीलाई पत्र सहित निर्देशन दिएको छ ।

आइतबार शिवशिखर बहु उद्देश्यीय सहकारी संस्थामा पैसा वचत गरेका सर्वसाधारणले पैसा पिर्ताका लागि पहल गर्न प्रशासन संग आग्रह गरेका थिए । शिवशिखर बहु–उद्देश्यीय सहकारी संस्था विरुद्ध बनेको संघर्ष समितिले करोडौं बचत फिर्ता नगरेर सञ्चालक र कर्मचारी फरार रहेका भन्दै प्रमुख जिल्ला अधिकारी युवराज कटेलसंग पैसा फिर्ताका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका थिए ।

नागरिकको गुनासो सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कटेलले तत्काल शिवशिखर बहु–उद्देश्यीय सहकारी संस्था सेवा केन्द्र धनगढीका सञ्चालक र जिम्मेवार कर्मचारीलाई खोज्न जिल्ला प्रहरी कार्यालय कैलालीलाई पत्र पठाएको संघर्ष समितिका सचिव नारायण पन्थीले बताए ।

शिवशिखर बहु–उद्देश्यीय सहकारी संस्था लिमिटेडको सेवा केन्द्र धनगढीमा करिव २६ हजार वचतकर्ता रहेको अनुमान गरिएको छ ।

‘प्रमुख जिल्ला अधिकारीज्यूले कसैको पनि वचत डुब्न नदिने आस्वासन समेत दिनु भएको छ,’ सचिव पन्थीले भने, ‘साथै सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी र जिम्मेवार कर्मचारीलाई खोज्न प्रहरीलाई निर्देशन समेत दिनु भएको छ ।’

उनले प्रशासन संगै धनगढी उप महानगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारलाई पनि समस्याका बारेमा जाकारी गराइएको बताए । शिवशिखर सहकारी संस्था सेवा केन्द्र धनगढीको कार्यालयमा गत शुक्रबार देखि ताला लगाइएको छ ।

सेवा ग्राहीले कार्यालयमा ताला लगाएपछि कर्मचारी र सञ्चालकको मोबाईल पनि स्वीच अफ रहेको भन्दै प्रशासनलाई खोजि दिन आग्रह गरेका हुन् । धनगढी पोष्ट बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।