डडेल्धुराः नेकपा (माओवादी केन्द्र) डडेल्धुराले पनि जनयुद्ध दिवस मनाएको छ। डडेल्धुरा अस्पताल डडेलधुरामा रहेका बिरामीलाई फलफुल वितरण गरी माओवादीले २८औं जनयुद्ध दिवस मनाएको हो।
सोमबार बिहान डडेल्धुरा अस्पतालमा रहेका ५२ जना बिरामीलाई फलफुल वितरण गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक उमेशप्रसाद भट्ट ‘विकास’ले जानकारी दिए।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो।



युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भएका थिए। केही अझै बेपत्ता छन्। सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ।
Views: 243

























