२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

डडेल्धुराबाट निर्वाचित भट्ट संसदीय दलको नेतामा भए संगै मुख्यमन्त्री बन्ने बाटो खुल्यो

डडेल्धुरा । डडेल्धुराको प्रदेशसभा (१) बाट निर्वाचित खगराज भट्ट नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलको नेतामा चयन भएका छन् । आज बसेको बैठकले प्रदेश इञ्चार्जसमेत रहेका भट्टलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरि चौधरी उत्सवले जानकारी दिए ।

“प्रदेश कमिटीको सिफारिस र प्रदेशसभा सदस्यहरुको बैठकले भट्टलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेका छौं,” प्रदेश अध्यक्ष चौधरीले भने । शनिबार पनि नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता छनोट गर्न बैठक गरेको थियो । तर, नेता चयनका लागि संसदीय दलको कार्यालयमा बैठक बसे पनि साँझ ६ बजे बिना निष्कर्ष सकिएको थियो ।
संसदीय दलको नेतामा भट्टसंगै प्रदेशसभा सदस्य ओमविक्रम भाट (सरल)ले पनि दाबी गर्दै आएका थिए । माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष चौधरीका अनुसार भाटकै सहमतिमा भट्टलाई संसदीय दलको नेता चयन गरिएको हो ।
भट्ट नेता चयन भएसंगै मुख्यमन्त्रीका लागि बाटो खुलेको छ । उनलाई यसअघिको कांग्रेस नेतृत्वको गठबन्धनले पनि मुख्यमन्त्रीका रुपमा अगाडि सारेको थियो । तर, अहिले केन्द्रमा एमाले नेतृत्वको गठबन्धन रहेको छ ।
भागबन्डा गर्दा सुदूरपश्चिम प्रदेश माओवादी केन्द्रको भागमा पर्ने सम्भावना बलियो छ । अहिले पनि सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र नेतृत्वकै सरकार छ । प्रदेशमा ५ वर्षको अवधिमा मन्त्री पटकपटक फेरिए पनि माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका त्रिलोचन भट्ट भने अहिलेसम्म पनि सरकारको नेतृत्व गरिरहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।