डडेल्धुरा ः प्रीय डडेल्धुराबासी आमा बुवा,दाजुभाई दिदिबहिनीहरु सर्वप्रथम म मुलुक परिवर्तनका लागि आफ्नो ज्यान समर्पित गर्नुहुने महान सहिद भीमदत्त पन्त,जयराज भट्ट,जनयुद्ध जनआन्दोलनका सबै योद्धाप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहान्छु।
सम्पुर्ण बेपत्ता,घाइते,परिवर्तनको यात्रामा सहभागी सबैप्रती उच्च सम्मान व्यक्त गर्न चाहान्छु। तपाईको अमुल्य मत,विश्वास र भरोसाका लागि धन्यवाद । यो मेरो होइन तपाईंको जित हो । विकसित डडेल्धुरा र सुदूरपश्चिमको सपना देख्ने हरेकको जित हो ।
तपाईको विश्वास तोड्ने काम हुने छैन । गरेका वाचा पूरा गर्न मन वचनले इमान्दारीपुर्वक लाग्नेछु ।
पक्कै पनि तपाईंले बोकाएको जिम्मेवारीको भारीलाई म गन्तव्यसम्म पुर्याउने छु। मलाई मत दिने नदिने सबै मेरा प्रेरणाका स्रोत हुन । म कसैलाई पनि राजनीति आखाबाट हेर्न चाहान्न ।
म संगै चुनावी प्रतिस्पर्धामा रहेका साथीहरूप्रती मेरो सम्मान छ । उहाँका रचनात्मक सुझाव म सधैं ग्रहण गर्नेछु ।
अन्तिममा आदरणीय पार्टी अध्यक्ष प्रचण्ड,सम्मानिय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यु,रातदिन निर्वाचनमा खटिएका सबै साथीहरु,विभिन्न ठाउँबाट मप्रती सदभाव राख्नुहुने,सहयोग गर्नुहुने सबैप्रती हार्दिक आभार व्यक्त गर्दछु




























