२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

जोशीलाई छचोडा बासीको आर्थिक सहयोग ः जिताउने अठोट गरेका छौं

डडेल्धुराः बुधबार बिहान छचोडा गाउँ पुगेका डडेल्धुरा प्रदेश ‘ख’ का स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीलाई छचोडाका नागरिकलेहरूले एक लाख ३९ हजार आर्थिक संकलन गरेर दिएका हुन्।
छचोडाका नागरिकले निर्वाचनको समयमा आपुहरुलाई भोट बिक्रि गर्छन् भन्ने आरोप लाग्दै आएकोले त्यसलाई चिर्न आफूहरूले आर्थिक सहयोग गरेको स्थानीय धर्म ताम्राकारले बताए।
‘हामीलाई जहिले पनि पैसा मात्रै खान्छन् भन्ने आरोप लाग्छ। तर, हामीले अहिलेसम्म कसैको एक रूपैयाँ समेत खाएका छैनौं,’ उनले भने, ‘काँग्रेसले ल्याउँछन्, बाँड्छन्, खान्छन्, त्यो सत्य हो, तर हामीले एक पैसा पनि खाएका छैनौं।’
उनले भोट बिक्रि हुन्छ भन्ने ट्याग कहिले नलागोस् भनेर आर्थिक सहयोग गरेको बताए। गरिव परिवारका जोशी उम्मेदवार बनेकोले उनलाई आर्थिक भार नपरोस् भनेर पैसा संकलन गरेको अर्को स्थानीय दिपेन्द्र ताम्राकारले बताए।
‘हामीले एक जनालाई मात्रै पठायौं, न निकास पायौं, न विकास पायौं। यसपटक बौद्धिक व्यक्तित्व उहाँ (तारा जोशी) उठ्नु भएको छ,’ उनले भने, ‘गाउँको ठाउँको विकासका लागि उहाँले काम गर्न सक्नुहुन्छ। र, उहाँको आर्थिक स्थिति कमजोर भएकोले सहयोग गरेका हौं।’
अहिलेसम्मका नेताले आस्वासन मात्रै दिएर केही नगरेको गोविन्दा ताम्राकारले बताइन्। उनले भनिन्, ‘३१ वर्षसम्म जिताएका मान्छेले केही पनि गरेनन्। गरिव परिवारको छोराले उम्मेदवारी दिएको छ। गरिवले मात्रै गरिबका दुख देख्छ भनेर उहाँलाई हामीले जिताउने अठोट गरेका छौं।’

जोशीसँगै नेपाली काँग्रेस विपीका कार्यकर्ता पनि छचोडा पुगेका थिए। डडेल्धुरामा नेपाली काँग्रेस विपी र स्वतन्त्र उम्मेदवार जोशीले तालमेल गरेका छन्।
जोशी सँगको कडा प्रतिसपर्धामा नेपाली काँग्रेसका तर्फ बाट गोविन्द बोहरा रहेका छन् । यस (प्रदेश ख) मा डडेल्धुराको अमरगढी, गन्यापधुरा, नवदुर्गा , र अजयमेरुको (१,२,३,४) क्षेत्र रहेकोछ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।