(दिपक राज भट्ट)डडेल्धुरा ः डडेल्धुराको अजयमेरुमा सयुक्त गठबन्धनको चुनावि सभालाई समबोधन गर्दै प्रधानमन्त्री देउवाले भने म धेरै समयपछि डडेल्धुराका गाउँ गाउँमा आएकोछु । डडेल्धुरामा धेरै विकास गर्नु बाकि छ , मलै यहाँको सडक पुर्वाधारमा जोड दिएको छु , यहाँ एरपोर्ट को खाचो रहेको जनताको गुनासो छ त्यो पनि पुईलेकमा सुरु हुनेछ यस्तै पानीको अभाव छ यहाँको सत्कटा पानी संञ्चालनमा आउने विस्वास दिनु चाहान्छु । भद्रपुर नि.मावि मा पक्कि घेरबार गर्ने पनि जानकारि गर्न चाहान्छु । यहाको मेलौली सडक पक्कि हुनेछ , यो स्थान एतेहासिक हो प्रधानमन्त्री देवाले भने ।
यस्तै पर्यटकिय क्षेत्रको विकास गर्नेछौ ।
खगराज भट्ट जी नेकपा माओवादी केन्द्रको नेता हो उहाँ लाई प्रदेश १मा हतौडामा भोट हालिदिनुहोला भन्नु चाहान्छु , उहालाई रुपाल, केरे देवल । बगरकोट बाट भोट हालिदिनुहोला । डडेल्धुरामा मेडिकल पनि बन्छ , यहाँ पढाई पनि हुन्छ सस्तो उपचार पनि हुन्छ । त्यसैले अब एयरपोर्ट भन्नु हुन्छ यो हुनेवाला छ यहाँ बाटो बन्दै छ , यहाँको विकास हुदै छ । यहाँ सबैको सहयोगले ५ पटक प्रधानमन्त्री भईसकेकोछु ।
केपि जीले राती २ बजे शंसद भंग गर्नु भयो यसका बिरुद्धमा हामीले गठबन्धन गरेका हौ यो गठवन्धनले संविधानको रक्षा गर्नेछ । अहिले मात्र हैन पछिसम्म पनि गठबन्धनको आवश्यकता रहकोछ । अजयमेरु पछि देउवाले भागेश्वरको रुपालमा सम्बोधन गर्ने कार्यक्रम रहेकोछ ।




























