२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

ललितपुर–३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज


काठमाडौं
– ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । आयोगको शनिबार बसेको बैठकले डा। कार्की बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको हो ।
दाबी विरोध गर्ने समय सकिएपछि डा। कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय, ललितपुरमा उजुरी परेको थियो । कार्यालयले सोधेको स्पष्टीकरणमा कार्कीले आफू मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र यो लाभको पद नभएको जिकिर गरेकी थिइन् ।
कार्यालयले यसबारे निर्णय गर्न आयोगलाई पत्रचार गर्‍यो । आयोगले मेडिकल काउन्सिललाई कार्की बहाल रहेको सदस्य पद लाभको भए नभएको भनेर जानकारी मागेको थियो ।
काउन्सिलले सदस्यको मासिक पारिश्रमिक नहुने तर, बैठक भ्रमण भत्ता हुने जानकारी गरायो । यसअनुसार कार्कीले २०७९ वैशाखदेखि भदौसम्म १ लाख ३६ हजार ५०० रुपैयाँ आर्थिक लाभ लिएकी छिन् । साथै अख्तियार ऐनअनुसार सम्पत्ति विवरण पनि बुझाउने भएकाले सार्वजनिक पद भएको काउन्सिलको जवाफमा उल्लेख छ ।
आयोगको शनिबार बसेको बैठकले सार्वजनिक पद धारण नगरेको भनेर कार्कीले गरेको स्वघोषणा उल्लंघन भएको र पारिश्रमिक वा आर्थिक सुविधालाई लाभको पद भनिने संविधानमा प्रष्ट व्यवस्था रहेकाले कार्कीको उम्मेदवारी खारेज हुने निर्णय गरेको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार, कार्की नेपाल मेडिकल काउन्सिलकी कार्यकारी सदस्य पदमा निर्वाचित भएकी थिइन् । उनी पदमै कायम रहेको अवस्थामा उम्मेदवारी दिएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको हो । चार वर्षे कार्यकालका लागि उनी मेडिकल काउन्सिलमा गत भदौमा निर्वाचित भएकी थिइन् ।

हेर्नुहोस् निर्वाचन आयोगको विज्ञप्ति

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।