२०८३ श्रावण २७ बुधबार
२०८३ श्रावण २७ बुधबार

डडेल्धुराका बाउन्न विद्यालय भवन बन्ने

डडेल्धुरा ः डडेल्धुरामा यस आर्थिक वर्षमा ५२ वटा विद्यालय भवन बन्ने भएका छन् । सामाजिक विकास कार्यालय डडेल्धुराअन्तर्गत विभिन्न विद्यालयमा चार र दुईकोठे गरेर ५२ वटा भवन निर्माण गरिने भएको छ ।
आर्थिक वर्ष २०७९र८० मा वर्षको बजेट र योजनाबारे सो कार्यालयले आइतबार अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा दिइएको जानकारीअनुसार ४० लाख रुपियाँका दरले ११ वटा चारकोठे र २१ लाख रुपियाँका दरले ४१ वटा दुईकोठे भवन निर्माण गरिनेछन् । यस्तै २० लाख रुपियाँमा एउटा दुईकोठे भवन निर्माण गरिने सो कार्यालयका प्रमुख प्रयागराज जोशीले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षमा कार्यालयको कुल बजेट २३ करोड ३८ लाख रुपियाँ छ । कुल बजेटको १९ करोड ६२ लाख रुपियाँ पुँजीगत छ । कभर्ड हल निर्माणका लागि थप ५० लाख रकम कार्यालयलाई प्राप्त भएको जनाइएको छ ।
शिक्षा, सामाजिक विकास, युवा तथा खेलकुद र भाषा तथा संस्कृति गरेर चारवटा क्षेत्रमा काम गर्ने कार्यालयले चालू आर्थिक वर्षमा २० लाख रकम लागतमा एउटा पुस्तकालय भवन, सात लाख रकमका दरले पाँचवटा र १० लाख रकमको एउटा शौचालय निर्माण, १५ लाखका दरले १३ वटा सामुदायिक भवन, १० लाखका दरले नौवटा खेल मैदान÷घेरबार, १५ लाख रकममा एउटा पुस्तकालय सभाहल निर्माण, पाँच लाखका दरले ५० वटा खेल मैदान घेरबार÷मर्मत, सात लाखको फर्निचर खरिद र पाँच लाखका दरले सातवटा आईसीटी स्थापना गरिने कार्यालयका इन्जिनियर जीवन ठगुन्नाले जानकारी दिनुभयो ।
यस्तै सो कार्यालयले सामाजिक विकासतर्फ विभिन्न शीर्षकमा एक करोड ६० लाख ५५ हजार रुपियाँ विनियोजना गरेको छ । भवन निर्माणका लागि विद्यालयसँग सम्झौता भइसकेको इन्जिनियर ठगुन्नाले जानकारी दिनुभयो । गोरखापत्र बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।