डडेल्धुरा ः मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लाका क्रियाशील राजनैतिक दलहरू भोट माग्न गाउँ पस्न लागेका छन् । निर्वाचन आचार संहिताले कात्तिक १५ गते पछि मात्रै झण्डा र ब्यानर सहित गाउँ पस्न दिने भए पनि दलका नेता कार्यकर्ता आफ्नो पक्षको उम्मेदवारलाई विजयी गराउन गाउँ पस्न सुरु गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायत अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ (भेटघाट कार्यक्रममा) लागेका छन् । चुनावी मैदानमा माओबादि केन्द्र संग नेपाली काङग्रेसले गठबन्धन गरेको छ भने, नेपाली काङग्रेश (वि.पि.) ले स्वतन्त्र उमेदवार डा.तारा जोशी संग समुन्व्य गरेको छ ।



Views: 144

























