२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

विवाहको पूर्वसन्ध्यामा अभिनेत्री ठक्करद्वारा आत्महत्या

मुम्बई ः चर्चित टेलिभिजन अभिनेत्री वैशाली ठक्करले विवाहको पूर्वसन्ध्यामा आत्महत्या गर्नुभएको छ । वैशालीको अक्टोबर २० मा विवाह हँदै थियो । आफ्नो नयाँ जीवन सुरु गर्नुअघि, अभिनेत्रीले आफ्नो जीवन समाप्त गर्नुभयो । विवाहको चार दिनअघि वैशाली ठक्कर मृत्युलाई अँगालेर आफ्ना प्रियजनबाट सदाका लागि टाढा हुनुभएको छ ।
मिडिया रिपोर्टका अनुसार वैशाली मितेशसँग बिहे गर्ने तयारीमा हुनुहुन्थ्यो । उहाँ क्यालिफोर्नियामा बस्ने सफ्टवेयर इन्जिनियर हुनुहुन्छ । वैशालीले सुसाइड नोटमा आफ्ना अभिभावकसँग माफी माग्नुभएको छ । उहाँले अब सहन नसक्ने लेख्नुभएको छ । अभिनेत्रीले आफू असल छोरी बन्न नसकेको लेख्नुभएको छ । वैशालीले सुसाइड नोटको अन्त्यमा आइ क्विट पनि लेख्नुभएको छ । वैशालीको सुसाइड नोटबाट यो कुरा स्पष्ट भएको छ कि राहुल नवलानी नामका व्यक्तिका कारण उहाँ निक्कै दुःखी हुनुहुन्थ्यो ।
वैशालीले टिभीको लोकप्रिय शो ‘ये रिश्ता क्या कहलाता है’बाट आफ्नो अभिनय करियर सुरु गर्नुभएको थियो । उहाँ ससुराल सिमर का मा पनि देखिनुभएको थियो । यस बाहेक वैशालीले सुपर सिस्टर, मनमोहिनी सिजन–२ लगायत धेरै शोमा राम्रो काम गर्नुभएको छ ।
उहाँ सामाजिक सञ्जालमार्फत फ्यानसँग सधैं जोडिनुभएको थियो । नायिकाको बिहेको तयारी भइरहेको थियो । तर, विवाहको केही दिनअघि वैशालीको आत्महत्याले शोकको अवस्था छ । एजेन्सी

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।