२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

कर्ण मल्ल विरुद्ध बिक्रम शाहिको उम्मेदवारी दर्ता

डडेल्धुरामा कर्ण मल्लविरुद्ध एमालेका शाहीको बागी उम्मेदवारी
डडेल्धुरा ः
आगामी प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुराबाट एमालेकका नेता विक्रम शाहीले बागी उम्मेदवारी दिएका छन् । केन्द्रिय सर्लकुलर हनुसार डडेल्धुरामा एमालेले बीपी कांग्रेसका कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको थियो।
एमालेले डडेल्धुरामा कांग्रेस (विपि) समर्थन गर्ने गरि उम्मेदवार नउठाउने निर्णय विपरित शाहीले बागी उम्मेदवारी दिएका छन् । एमालेको उम्मेदवार भए आफुले समर्थनमा फिर्ता लिने नत्र आफैंलाइ मत दिने गरी डडेलधुरामा उम्मेदवारी दर्ता गरिएको बताएका छन् । शाहीले मनोनयन दर्तापछि सामाजिक संजालमा लेखेका छन्
‘एमालेको उम्मेदवार रहे एमाले को समर्थन मा फिर्ता लिने , एमाले को उम्मेदवारी कायम नरहेको अवस्था मा अरु लाई मतदान गर्नु भन्दा आफुले आफैलाइ मत दिने गरि डडेलधुरा मा उम्मेदवारी दर्ता गरियो’
शाही केही समयअघि एकीकृत समाजवादी छोडेर एमालेमा फर्केका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।