डडेल्धुरा – पहिरोले अवरुद्ध भएका सुदूरपश्चिम प्रदेशका मुख्य दुई राजमार्गमा पुनः सञ्चालन भएका छन । अत्तरिया–डडेल्धुरा जोड्ने भिमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने डा.केआईसिंह राजमार्गमा खसेको पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।



डडेल्धुरा–बैतडी जोड्ने दशरथ चंद राजमार्गको अनारखोली क्षेत्रमा खसेको पहिरो पनि हटाई राजमार्ग पूर्ण रुपमा सुचारु रहेको प्रहरी नायव उपरिक्षक मनोहर भट्टले जानकारी दिए ।
राजमार्गमा पहिरो खस्दा आईतबार बिहान केही समय सवारी साधन ठप्प भएका थिए । सुदूरपश्चिमका सात पहाडि जिल्ला जोड्ने भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो खसेको थियो ।
लगातारको वर्षाका कारण सुदूरपहाडका ग्रामिण सडकहरु भने अवरुद्ध भएका छन ।
Views: 160

























